१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

एकीकृत समाजवादी महाधिवेशन: बन्दसत्र सुरु

फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी)को जारी महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ। यहाँस्थित प्रज्ञाप्रतिष्ठानको सभाहलमा सुरु भएको बन्दसत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक दस्तावेजमा छलफल गरिने छ।

पार्टीका पोलिटब्यूरो सदस्य दिलु पन्तले बन्दसत्रमा प्रतिनिधिबीचमा दस्तावेजमाथि छलफल गरिने जानकारी दिए। महाधिवेशनमा एक हजार आठसय ४९ प्रतिनिधि सहभागी छन्। पारित हुने सिद्धान्त, नीति तथा वैचारिक दृष्टिकोणका आधारमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन  गर्ने छ।    

प्रकाशित: १७ असार २०८१ १०:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App