४ मंसिर २०८१ मंगलबार
image/svg+xml

विशिष्ट व्यक्तिको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी सीमामा खटाइदै

सीमा सुरक्षामा जनशक्ति अभाव भएपछि गृहमन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्न दुवै प्रहरी संगठनलाई निर्दैशन दिएको छ। गृहमन्त्रालयका बसेको बैठकले सुरक्षा कार्यविधि छलेर मन्त्रिपरिषद बैठकबाट निर्णय गराई खटाइएका सुरक्षाकर्मीलाई समेत फिर्ता गरी सीमा सुरक्षामा खटाउन निर्दैशन दिएको हो।

मजदुरको पीडा : छ त केवल भोक

विश्वमा कोरोनाको संत्रास छ। देश लकडाउनमा छ। बजार बन्दसँगै मजदुरी गर्नेले पसिना बगाउने ठाउँ पनि छैन। ति मजदुर जसले ठूला ठूला महल बनाए, चिल्ला सडक बनाए अहिले न उनीहरुसँग खाने रासन छ न सरकारले दिने राहतमा पहुँच। छ त केबल भोक छ। जसै भए पनि आफ्नो गाउँ पुग्ने हुटहुटी छ।

कोभिड–१९ पछि विश्व संरचनामा होला परिवर्तन ?

अर्थशास्त्रीहरूले यो स्वास्थ्य संकट समाधान हुन कम्तीमा ३ महिनादेखि १ वर्षसम्म लाग्न सक्ने अनुमान गरेका छन् । त्यसबीचमा विश्वको विद्यमान व्यापार तथा आर्थिक संरचनामै परिवर्तन आउन सक्ने आकलन गरिएको छ ।

तबलिकी जमातमा सहभागी सप्तरीका दुईमा र्‍यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ

दिल्लीको निजामुद्दीन स्थित तबलिकी जमातमा सहभागी भएर फर्केका सप्तरीका आठ जनामध्ये दुई जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ। गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणबाट दुई जना कोरोना पोजिटिभ पुष्टि भएको हो।

बन्दीपुरबाट १२ विदेशी फर्कन मान्दैनन् आफ्नो देश

विभिन्न मुलुकबाट नेपाल घुम्न आएका १२ जना विदेशी पर्यटक बन्दीपुरमा छन्। लकडाउनका कारण रोकिएका उनीहरू स्वदेश फर्कन भने मान्दैनन्। ती पर्यटक आफ्नो मुलुकको तुलनामा नेपाल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सुरक्षित रहेको बताउँदै फर्कन नखोजेका बन्दीपुर बजार इकाई समिति अध्यक्ष बैंश गुरूङले बताए।

रोल्पामा निरन्तर र्‍यापिड टेष्ट, सबैको रिर्पोट नेगेटिभ

शुक्रबारदेखि प्रदेश नं. ५ मा कोरोना भाइरस (कोभिड–१९) र्‍यापिड टेस्ट निरन्तर चलिरहेको छ। मंगलवार सम्म ६४ जनाको जाँच गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो। जिल्ला अस्पतालको प्राविधिक टोलीले सुनिलस्मृती, रोल्पा नगरपालिका लगायतका स्थानीय तहबाट र्‍यापिड टेष्ट सुरु गरेको थियो।

‘नेगेटिभ’ रिपोर्ट देखिए पनि क्वारेन्टाइनमै

जिल्लामा कोरोना भाइरस (कोभिड–१९)को रिपोर्ट ‘नेगेटिभ’ देखिएका दुई जनालाई क्वारेन्टाइनमै राखिएको छ। स्वाब परीक्षणको क्रममा कोरोना भाइरसको रिपोर्ट ‘नेगेटिभ’ देखिएका उदयपुरको ताप्ली गाउँपालिका–४ ठानागाउँका नेपाली थरका ३९ वर्षीय पुरुष र खोटाङको जन्तेढुंगा गाउँपालिका–३ काहुलेका राई थरका युवालाई क्वारेन्टाइनमै राखिएको हो।

राहतमा स्थानीय सरकार ‘खुकुलो’

जिल्लामै बढी उद्योग–कारखाना रहेको सूर्याेदय नगरपालिकाले असंगठित क्षेत्रका श्रमिक र असहायलाई राहत वितरण गर्दैछ । नगरले असंगठित श्रमिकको क्षेत्र र असहाय व्यक्ति/परिवारको मापदण्ड भने संघीय सरकारको भन्दा ‘खुकुलो’ बनाएर राहत वितरण गर्न लागेको हो ।

‘लकडाउन’को मारमा परेका दुई सय २० परिवारलाई खाद्यान्न

खोटाङको खोटेहाङ गाउँपालिकाले ‘लकडाउन’को मारमा परेका विपन्न परिवारलाई खाद्यान्न प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको ‘लकडाउन’का कारण ज्यालादारीको काम गर्न नपाउँदा समस्यामा परेका असंगठीत क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायलाई पहिचान गरेर गाउँपालिकाले खाद्यान्नका सामग्री प्रदान गरेको हो ।

मध्यपुर अस्पताल कोरोना उपचारका लागि तयार

संसारभर कोरोना भाइरस (कोभिड-१९) को महामारीसँंगै मुलुकका धेरै अस्पतालहरु कोरोना संक्रमित विरामीलाई उपचार गराउन आनाकानी गरिरहेको बेला भक्तपुरको एउटा अस्पतालले भने कोरोना संक्रमितको उपचारका लागि तयारी पूरा भएको जनाएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित मध्यपुर थिमिस्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो ।

महामारीसँंग जोडिएको छ भक्तपुरको विस्केट जात्रा

महामारी र भक्तपुरको विस्केट जात्रा एउटै सिक्काका दुईवटा पाटाहरु रहेको इतिहास एवं संस्कृतिविद्हरुले बताएका छन् । कोरोना भाइरस (कोभिड-१९) ले विश्वव्यापी रुपमा असर पारिरहेको बेला भक्तपुरको विस्केट जात्रालगायतका जात्रापर्वहरु यस्तै महामारीसँंग सरोकार राख्ने उनीहरुले बताएका छन् ।

कांग्रेस नगर सभापतिद्वारा ६ हजार किलो चामल प्रदान

नेपाली कांग्रेस त्रियुगा नगर सभापति सरोज बस्नेतले लकडाउनमा त्रियुगा नगरस्तरीय राहत कोषलाई ६ हजार किलो चामल प्रदान गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध जारी लकडाउनले घरबाहिर निस्कन नपाएका श्रमिक, मजदुर र विपन्न वर्गलाई राहत वितरण गर्न सो सहयोग गरेका हुन् ।

सुर्खेतमा आठ करोड बढीको कोष

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरले विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरससँग जुध्न दुई करोडको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गरेको छ। उक्त कोषमा उद्योगी, व्यवसायी, विभिन्न संघसंस्था, बैंक, लघुवित्तले रकम जम्मा गर्ने क्रम जारी छ। वीरेन्द्रनगरजस्तै सुर्खेतका प्रायः स्थानीय तहले विपद् व्यवस्थापन कोष स्थापना गरेका छन्। जसबाट उनीहरू कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि काम गरिरहेका छन्।

सनसिटी अपार्टमेन्टमा बस्नेहरुको कोरोना परीक्षण गरिने

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्नेमा दुई जनामा कोरोना संक्रमण देखिए पछि त्यहाँ बस्नेहरुमा परीक्षण सुरु भएको छ।

लकडाउन वैशाख १५ सम्म बढाउने सरकारको निर्णय

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउनको अवधि थप थरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले बैशाख १५ गतेसम्म लकडाउन र १८ गतेसम्म सीमा नाका बन्द राख्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्