३ आश्विन २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

मध्यपुर अस्पताल कोरोना उपचारका लागि तयार

भक्तपुर- संसारभर कोरोना भाइरस (कोभिड-१९) को महामारीसँंगै मुलुकका धेरै अस्पतालहरु कोरोना संक्रमित विरामीलाई उपचार गराउन आनाकानी गरिरहेको बेला भक्तपुरको एउटा अस्पतालले भने कोरोना संक्रमितको उपचारका लागि तयारी पूरा भएको जनाएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित मध्यपुर थिमिस्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो ।

अस्पतालका वोर्ड अध्यक्ष एवं मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले १६ वेडको आइसोलेसन वार्ड र २० वेडको क्वारेन्टाइन वार्ड तयार भएको जनाए । ‘कोरोना संक्रमित कोही विरामी आए उपचारका लागि सवै तयारी पूरा भइसकेको छ, नगरप्रमुख श्रेष्ठले भने, ‘छोटो अवधिमा हामीले यो सवै तयारी पूरा गरेका हौं ।’

कोरोनाको परीक्षण, परीक्षणपछि उपचारका लागि आइसोलेसन वार्ड, क्वारेन्टाइन वार्डसहित विशेषज्ञ चिकित्सक नर्सहरु सवै तयारी अवस्थामा खटाइसकेको जानकारी उनले गराए । तर अहिलेसम्म कसैको पनि उपचार गर्नुपरेको अवस्था नआएको जनाइयो । मेयर श्रेष्ठले अहिलेसम्म अस्पतालबाट ५३ जनाको कोरोना परीक्षण भइसकेको तर सवैजनाको नेगेटिभ देखिएको भन्दै सुखी साटे । ‘तथापि हामी कोरोनो पोजेटिभ जसको पनि उपचार गर्न तयारी अवस्थामा आइसकेका छौं, उनले थपे । उनले कोरोना संक्रमितको उपचारका क्रममा संक्रमितको सुरक्षाका लागि सुरक्षाकर्मीसमेत टेण्ट बनाएर तयारी अवस्थामा रहिसकेको जानकारीसमेत    गराए ।

अस्पतालका कार्यकारी निर्देशक प्राडा ज्ञानकृष्ण कायष्थले भक्तपुर अस्पतालसँंग सम्पर्क समन्वय गरी आफूहरुले काम गरिरहेको जनाए । नेपाल सरकारले भक्तपुर अस्पताललाई जिल्लामा कोरोना उपचारको केन्द्रको रुपमा तोकेको छ । यसकारण भक्तपुर अस्पतालसँंग सहकार्य गरी कोराना सक्रमित विरामीलाई उपचार गर्ने वन्दोवस्त मिलाएको उनले जनाए ।

अस्पताल डा. दिव्यस कर्माचायले नगरपालिको सक्रियतामा अहिलेसम्म मध्यपुर थिमि नगरपालिकाभरि बाहिरी देशहरुबाट स्वदेश फर्केका नगरबासीहरुको घरघरसम्म पुगेर ५३ जनाको कोरोना परीक्षण गरेको जनाए । टे«किंग, म्यापिंग, स्याम्पेलिंगको सवै काम नगरपालिकाबाट स्थापित यो अस्पतालले गर्ने उनले जनाए ।

कार्यक्रममा नगरपालिकाले कोरोनाकै लागि तीन करोड र अस्पतालमा कोरोना संक्रमितको उपचारको लागि दुई करोड गरी कुल पाँंच करोडको कोरोना कोष खडा गरेको जनाइयो । यस अनुसार प्रति वडा पाँंचपाँंच लाख कोरोनाका कारण खानलाउन नपाउने विपन्न परिवारलाई राहत वितरण गर्न छुटाइएको पनि जनाइयो । यहाँं नौ वटा वडाहरु रहेका छन्।

 

प्रकाशित: २ वैशाख २०७७ १२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App