४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

‘नेगेटिभ’ रिपोर्ट देखिए पनि क्वारेन्टाइनमै

खोटाङ – जिल्लामा कोरोना भाइरस (कोभिड–१९)को रिपोर्ट ‘नेगेटिभ’ देखिएका दुई जनालाई क्वारेन्टाइनमै राखिएको छ। स्वाब परीक्षणको क्रममा कोरोना भाइरसको रिपोर्ट ‘नेगेटिभ’ देखिएका उदयपुरको ताप्ली गाउँपालिका–४ ठानागाउँका नेपाली थरका ३९ वर्षीय पुरुष र खोटाङको जन्तेढुंगा गाउँपालिका–३ काहुलेका राई थरका युवालाई क्वारेन्टाइनमै राखिएको हो। 

कोरोना भाइरसको संक्रमणको आशंकामा उदयपुरको कटारी अस्पतालको आइसोलेसनमा राखिएको अवस्थामा गत चैत १४ गते भागेपछि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको हैदेमा आफन्तको घरमा फेला परेका नेपालीलाई चैत २३ गतेदेखि स्वास्थ्यचौकी दुर्छिमको क्वारेन्टाइनमा राखिएको छ। १४ दिनसम्म क्वारेन्टाइनमा राखेपछि मात्र नेपालीलाई घर जान दिइने हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए। किर्तीमानको सम्पर्कमा रहेका कारण हैदेका दुई परिवारका आठ जना समेतलाई क्वारेन्टाइनमा राखिएको छ। 

यस्तै, गत चैत ४ गते कतारबाट नेपाल फर्किएका खोटाङका दुई मध्ये काहुलेका राई थरका युवालाई हालसम्म होम क्वारेन्टाइनमै राखिएको छ। उनलाई हालसम्म अन्यको सम्पर्कमा जान नदिइएको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीका मेडिकल अधिकृत डा. सरोजकुमार शाहले बताए। सोही जहाजबाट फर्किएका केपीलासगढी गाउँपालिकाका एक जना भने धरानमा क्वारेन्टाइनमा राखिएका छन्। 
 

प्रकाशित: २ वैशाख २०७७ १२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App