५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

रोल्पामा निरन्तर र्‍यापिड टेष्ट, सबैको रिर्पोट नेगेटिभ

रोल्पा– शुक्रबारदेखि प्रदेश नं. ५ मा कोरोना भाइरस (कोभिड–१९) र्‍यापिड टेस्ट निरन्तर चलिरहेको छ। मंगलवार सम्म ६४ जनाको जाँच गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो। जिल्ला अस्पतालको प्राविधिक टोलीले सुनिलस्मृती, रोल्पा नगरपालिका लगायतका स्थानीय तहबाट र्‍यापिड टेष्ट सुरु गरेको थियो। 

सुनिल स्मृती गाउँपालिकाको घोडागाउँमा शुक्रवार भारतको केरलाबाट फर्केका दुईजनाको टेष्ट गरिएकोमा दुबैको रिर्पोटमा नेगेटिभ आएको थियो भने शनिबार रोल्पा नगरपालिकाको कोटगाउँमा भारतबाट आई त्यहा रहेका दुई क्वारेन्टाईनमा ३३ जनाको जाँच गरिएकोमा सबैको रिर्पोटमा नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय प्रमुख अनिल केसीले बताए।
आईतवार र सोमवार सुनछहरी गाउँपालिकाका विभिन्न क्वारेन्टाईनमा रहेका २९ जनाको  र रोल्पा अस्पतालमा २ जनाको टेष्ट गरिएको थियो। ती सबै रिपोर्ट नेगेटिभ आएको छ । बुधबार होलेरीमा जाँच गरिने छ भने निरन्तर खुंग्री हुदै अन्य स्थानमा पनि टेस्ट गरिने केसिले बताए। 

जिल्ला स्वास्थ्य प्रमुख अनिल केसि, रोल्पा अस्पतालका डा. प्रकाश बुढा, दुई जना प्रयोगशाला प्राविधिक लगायतको टोली र्‍यापिड टेस्टमा  खटिएको छ। जाँच गर्दा रिर्पोट नेगेटिभ आएका र १४ दिन क्वारेन्टाईनमा बसिसकेकाहरुलाई घर पठाईएको स्वास्थ्य कार्यालय प्रमुख केसीले बताए। ‘रिपोर्ट नेगेटिभ आएका र १४ दिन क्वारेन्टाईनमा बसेकालाई घर पठाएका छौं। उनीहरू घर पुगेर अरू थप एक हप्ता होम क्वारेन्टाइनमा बस्नेछन।’ 

प्रकाशित: २ वैशाख २०७७ १३:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App