४ मंसिर २०८१ मंगलबार
image/svg+xml

कार्टुन : यसरी त भोकै मरिन्छ हजुर !

कोरोना नियन्त्रणको लागि देशभर लकडाउन घोषणा गरिएको छ। दिनभर काम गरेर साँझ विहान खानेहरुका लागि कष्टकर जीवन सुरु भएको छ।

नाकामा कडाई, हात्ती रुङ्ने टावरमा पनि प्रहरी

कोरोना भाइरस नियन्त्रणका लागि बोर्डर सिल भएपछि सरकारले भारत-नेपाल सीमामा थप कडाई गरेको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीले सीमा सुरक्षा र आवातजावतलाई ठप्प बनाएका छन्। तराईका अधिकांश क्षेत्रहरुमा सरकार र स्थानीय तहहरुले सीमा सुरक्षालाई उच्च प्राथमिकतामा राखेका छन्।

कोरोना भाइरस पत्ता लगाउने महिला को थिइन्?

मानिसमा पहिलो पटक कोरोना भाइसरको संक्रमणका बारेमा अनुसन्धान गर्ने पहिलो महिला  जून अलमेडा स्कटल्यान्ड कि हुन्। उनका वुवा ड्राइभर थिए। उनले सोह्र वर्षको उमेरमा स्कुल छोडेकी थिइन्। उनि सरुवा भाइरसको उत्पती तथा रोकथामका हरेक अनुसन्धानमा आफूलाई सरिक बनाउथिन्।

पछिल्लो २४ घण्टाका सबै रिपोर्ट नेगेटिभ

पछिल्लो २४ घण्टामा स्वाव परीक्षण विधि र र्‍यापिड डाइग्नोष्टिक विधिबाट ३ हजार ६ सय ३२ वटा नमुना परीक्षण भएकोमा सबै नेगेटिभ देखिएका छन्।

लकडाउनको बेला अवैध रूपमा चोरी शिकार बढ्दो

कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि सरकारले देश लकडाउन गरेको छ। तर लकडाउनको मौका छापेर कपिलवस्तुमा वन्यजन्तु चोरी शिकिारी गर्ने संख्या पढेको छ। लकडाउनमा वनमा कोही नहुने र शिकर गर्न पनि सहज भएकाले  उनीहरुले हतियार र अन्य आवश्वयक सामग्रीसहित वन क्षेत्रमा प्रवेश गर्न थालेका हुन्।  चोरी शिकारी गर्न मात्रै  होईन अवैध रुपमा वन फडानी गर्नै समेत उनीहरु वन प्रवेश गरेको पाइएको छ।

कोरोनाबाट अमेरिकामा थप एक नेपालीको मृत्यु

अमेरिकाको न्यूयोर्कमा एक जना नेपाली आज कोरोना भाइरसको कारण ज्यान गुमाएका छन्। पवनकुमार मल्लको उनकै निवास उडसाइडस्थित कोठामा मृत्यु भएको उनका आफन्तले बताएका छन्। ४५ वर्षका पवनकुमार ८ वर्षअघि एक्लै अमेरिका आएका थिए भने न्यूयोर्कमा ट्याक्सी चलाउने गर्दथे।

खाडी मुलुकहरुमा कोरोना भाईरसको प्रभाव बढ्दो

नेपाली कामदारहरुको बाक्लो उपस्थिति रहेका खाडी मुलुकहरुमा कोरोना भाईरसको प्रभाव तिव्र बन्दै गएको छ। नेपाली श्रम बजारको राम्रो गन्तव्य मानिने साउदी अरेबिया , युएई , बहराईन , कुवेत , कतार र ओमनमा बुधबार साँझसम्म १८ हजार ९ सय २४ जना कोरोना भाईरसबाट संक्रमित बनेका छन्।

चीनसँग स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय

कोभिड–१९ (कोरोना) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले जिटुजी तहमा चीनसँग स्वास्थ्य सामग्री किन्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई एनआरएनको राहत

कोरोना भाइरस महामारीबाट प्रभावित देशहरुमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राहत वितरणलाई तिब्रता दिएको छ। समस्यामा परेका विद्यार्थीहरु,काम गुमाएका नेपालीहरुलाई लक्षित गर्दै संघले राहत बितरणलाई तिब्रता दिएको हो।

लकडाउनलाई कडाई गर्दै परीक्षणलाई तीव्रता दिइने

सरकारले लकडाउनलाई कडाई गर्दै कोरोना भाइरस (कोभिड–१९) को परीक्षण, पहिचान र उपचारलाई तिब्रता दिने भएको छ।

पाँचथरमा थप ११ जनाको रिर्पोट नेगेटिभ

जिल्लाको कोशी अञ्चल अस्पताल विराटनगरमा  ११ जनाको  नमुना परीक्षण गर्दा कोरोना (कोभिड–१९) नेगेटिभ देखाएको छ। र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडी) का क्रममा स्वाब संकलन गरि थप परीक्षणका लागि नमूना पठाइएका  ११ जनामानै कोरोना नदेखिएको हो।

एम्बुलेन्सले नमानेपछि मोटरसाईकल चलाएर आफै अस्पताल पुगे

र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) गर्दा कोरोना पोजेटिभ देखिएका युवक एम्बुलेन्सले अस्पताल पु¥याउन नमानेपछि मोटरसाइकल चलाएर आफै आइसोलसन कक्षमा पुगेका छन्। जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं ३ अमराईका २७ वर्षीय युवक आफै मोटरसाइकल चलाएर राती साढे ११ बजे धादिङबेसीमा आइपुगेका हुन्। मैदी स्वास्थ्य चौकीमा मंगलबार र्‍यापिड डाइग्नोस्टिक टेष्टमा पोजेटिभ भेटिएपछि उनलाई एम्बुलेन्स मार्फत धादिङबेसीमा स्थापना गरिएको आइसोलेसन कक्षमा ल्याउने तयारी थियो तर एम्बुलेन्सले नमानेपछि मोटसाइकलमा आएका हुन्।

सनसिटीमा बस्ने २ सय ९८ जनाको र्‍यापिड परीक्षण, रिपोर्ट नेगेटिभ

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्नेहरुको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गरिएको छ। वुधबार दुई सय ९ ८ जनामा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।

कोभिड १९ युनिफाइड कमाण्ड हस्पिटललाई परिवार दलद्वारा ५ हजार मास्क प्रदान

नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले ५००० मास्क सहयोग स्वरुप प्रदान गरेका छन्। कोभिड १९ युनिफाइड कमाण्ड हस्पिटल, बलम्बुका लजिस्टिक प्रमुख डा. रुपक महर्जनलाई मास्क हस्तान्तरण गरेको दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी दिए।

विपद व्यवस्थापन कोषमा होटल व्यवसायीको सहयोग

जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाका होटल व्यवसायीले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि विपद व्यवस्थापन कोषमा सहयोग रकम जम्मा गरिदिएका छन्। कोरोना भाइरस निवारणका लागि सचेतनामुलक गतिविधि सञ्चालन गर्न, आवश्यक जनशक्ती परिचालन गर्न, उद्धार तथा सहयोगका सामग्री जुटाउने लगायतका प्रयोजनका लागि हलेसी तुवाचुङ नगरपालिकाले स्थापना गरेको नगरस्तरिय विपद व्यवस्थापन कोषमा २५ हजार रूपैयाँ जम्मा गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्