४ मंसिर २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

कोभिड १९ युनिफाइड कमाण्ड हस्पिटललाई परिवार दलद्वारा ५ हजार मास्क प्रदान

काठमाडौं - नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले ५००० मास्क सहयोग स्वरुप प्रदान गरेका छन्। कोभिड १९ युनिफाइड कमाण्ड हस्पिटल, बलम्बुका लजिस्टिक प्रमुख डा. रुपक महर्जनलाई मास्क हस्तान्तरण गरेको दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी दिए।

पूर्वमन्त्री ढकालले नेपाली सेना र सशस्त्र प्रहरीको सयुक्त प्रयासमा कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागि अस्पताल संचालन भयकोमा खुशी ब्यक्त गर्दै विश्व महामारीको विरुद्ध लड्न सबैको सहयोग तथा एक्यबद्धता आबस्यक रहेको बताए।

ढकालले सम्पूर्ण स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई उच्च मनोबलका साथ् सेवा प्रदान गर्न प्रोत्साहित गर्दै आँफु र आफ्नो पार्टी नेपाल परिवार दल आबस्यक परेको बेला जस्तोपनि सहयोग गर्न तत्पर रहेको बताए।  हस्पिटलका लजिस्टिक प्रमुख डा. रुपक महर्जनले सहयोगको लागी आभार व्यक्तगर्दै माक्सको उचित सदुपयोग गरिने बताए।

प्रकाशित: ३ वैशाख २०७७ १०:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App