४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

पछिल्लो २४ घण्टाका सबै रिपोर्ट नेगेटिभ

काठमाडै- पछिल्लो २४ घण्टामा स्वाव परीक्षण विधि र र्‍यापिड डाइग्नोष्टिक विधिबाट ३ हजार ६ सय ३२ वटा नमुना परीक्षण भएकोमा सबै नेगेटिभ देखिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वाव परीक्षण (पिसिआर) विधिबाट ३ सय ६९ जना र र्‍यापिड डाइग्नोष्टिक ( आरडिटी) विधिबाट ३ हजार २ सय ६३ वटा नमुना परीक्षण भएका छन्। पछिल्लो २४ घण्टामा गरिएका परीक्षण कुनै पनि पोजेटिभ नदेखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। वीरगञ्जको छपकैयामा मात्रै पछिल्लो २४ घण्टामा ४ सय र्‍यापिड परीक्षण भएको छ। बुधबार पनि नयाँ संक्रमण देखिएको थिएन्। अहिलेसम्म दुबै विधिबाट १९ हजार ३ सय ३२ परीक्षण भएका छन्। जसमा पिसिआर विधिबाट ७ हजार २ सय ४० र आरडिटी विधिबाट १२ हजार १ सय ९२ परीक्षण भएका छन्।

देशभरी नै सरकारले आरडिटी परीक्षणको दायरा बढाएको छ। ८ जिल्ला बाहेक सबै जिल्लामा आरडिटी परीक्षण सुरु भएको छ। ताप्लेजुङ, इलाम, सोलुखुम्बु, डोल्पा, मनाङ, रुकुम पूर्व, ओखलढुंगा र खोटाङमा परीक्षण सुरु नभएको प्रवक्ता देवकोटाले बताए।

काठमाडौं उपत्यकाका १६ वटा नीजि अस्पतालले कोभिड क्लिनिक सञ्चालनको अनुमति पाएका छन्। यसअघि १५ हब अस्पताल, ६४ प्रादेशिक अस्पताल र २२ वटा नीजि मेडिकल कलेजहरुले सञ्चालन अनुमति पाएका थिए।

४ हजार ९ सय १ जना अहिले क्वारेन्टाइनमा रहेका छन्। उपत्यकामा ८ र बाहिर ९५ गरी १ सय ३ जना आइसोलेसनमा रहेका छन्। नेपालमा १६ जना कोरोना संक्रमित रहेकोमा १ जना उपचारपछि घर फर्किएका छन्। १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

               

प्रकाशित: ४ वैशाख २०७७ १२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App