२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरोना भाइरस पत्ता लगाउने महिला को थिइन्?

काठमाडौं - मानिसमा पहिलो पटक कोरोना भाइसरको संक्रमणका बारेमा अनुसन्धान गर्ने पहिलो महिला  जून अलमेडा स्कटल्यान्ड कि हुन्। उनका वुवा ड्राइभर थिए। उनले सोह्र वर्षको उमेरमा स्कुल छोडेकी थिइन्। उनि सरुवा भाइरसको उत्पती तथा रोकथामका हरेक अनुसन्धानमा आफूलाई सरिक बनाउथिन्।

अहिले कोभिड १९ ले विश्वलाई आक्रान्त पारिरहेको बेलामा जून अलमेडाको खोजी तथा चर्चा भएको छ।कोभिड १९ एउटा नयाँ भाइरस हो। तर कोरोना भाइरसकै एक प्रकारको भाइरसकोे खोज अनुसन्धान अलमेडाले सन् १९६४ मा लन्डनको सेन्ट थोमस अस्पतालको ल्यावमा गरेकी थिइन्।

वायोलोजिस्ट जून अलमोडाका जन्म सन् १९३० मा  स्कटल्यान्डको ग्लासगो शहरको उत्तर–पूर्वको एक बस्तीमा  साधारण परिवारमा भएको थियो।

सोह्र बर्षको उमेरमा स्कुलको पढाइ पुरा गरेपछि जुन ग्लासगो शहरको एउटा ल्यावमा टेक्निसिएनको जागिरमा नियुक्त भएकी थिइन्। सन् १९५४ मा उनि नयाँ संम्भावनाको लागि लन्डन गइन र भेनेजुयलाका कलाकार एनरिके अलमेडासँग विवाह गरिन्।

सामान्य रुवाखोकी र ज्वरोमा रिसर्च
मेडिकल क्षेत्रका लेखक जर्ज विन्टरका अनुसार विवाहको केहि बर्षपछि यो दम्पती आफ्नाे युवा छोरीको साथ क्यानडाको टोरन्टो शहर गएको थियो। 

क्यानडाको औटारियो क्यान्सर इन्टिच्युटमा डाक्टर जून अलमोडाले एउटा इलेक्टोन माइक्रोस्कोपका साथै आफ्नै उत्कृष्ठ अनुसन्धान विकास गरेकि थिइन्। यो इन्टिच्युसनमा काम गर्दै उनले भाइरसको कल्पना गर्ने विधिको विकास गरिन्। 

लेखक जर्ज विन्टरका अनुसार वेलायतका डाक्टरले जून अलमोडाको कामको प्रसंसा गर्दै  सन् १९६४ मा उनलाई  लन्डनको सेन्ट थम्सन मेडिकल स्कुलमा  गर्न प्रस्ताव गर्यो। यो त्यहि अस्पताल हो जहाँ वेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस संक्रमण हुँदा भर्ना गरिएको थियो।

क्यानडाबाट फर्केपछि डाक्टर अलमेडाले वेलायती डाक्टर डेविड टायरेलको साथमा रिसर्च गरिन्। त्यसबखत उनिहरुले युकेको ग्रामीण क्षेत्रमा सामान्य रुवाखोकी र ज्वरोको बारेमा शोध गरेका थिए।

जर्ज विन्टरका अनुसार डाक्टर टायरेलले ज्वरोको कारण नाकबाट बाहिर आउने तरलको नमुना संकलन गरेका थिए र संकलित सबै नमुनाहरुमा सामान्य चिसो र ज्वरोका भाइरस देखिएको थियो। तर, एक नमुना ९जसलाई पछि बी ८१४ नाम दिइएको थियो¬० फरक आएको थियो।

कोरोना भाइरस नाम कसले दियो
डाक्टर टायरेलले यसको नमुना जाँच गर्न जून अलमेडालाई पठाए। यो नमुना जाँच गरेपछि उनले भनेकि थिइन – ‘यो भाइरस इन्फुन्जा जस्तो त देखिन्छ तर त्यै भनेचाहिँ होइन, यो अरु सामान्य भाइरस भन्दा फरक छ।’

यो त्यहि भाइरस हो जसको पहिचान गरेपछि डाक्टर जून अलमेडाले कोरोना भाइरसको आसंका गरेकि थिइन्।

जर्ज विन्टरका अनुसार डाक्टर अलमेडाले यो भाइरसमा हुँने कण पहिले मुसामा हुँने जस्तो  हेपाटाइटिस र कुखुरामा हुँने संक्रामक ब्रोन्काइटिस जस्तै थियो। साथै जूनको पहिलो शोध अध्ययनलाई उनले इन्फुन्जा भाइरसको खराव तस्बिर पस्तुत गरेको भन्दै खारेज गरिदिएका थिए। तर नमुना संख्या बी ८१४ बाट गरिएको नयाँ खोजले सन् १९६५मा प्रकाशित भएको ब्रिटिश मेडिकल जर्नल र दुई बर्षपछि जर्नल अफ जनरल वायोलोजीमा उनले देखाएको तस्बिर नै प्रकाशित भएको थियो।

जर्ज  विन्टरका अनुसार डाक्टर टायरेल, डाक्टर अलमेडा र सेन्ट थम्सन मेडिकल इन्टिच्युटका प्रोफेसर टोनी वाटरसनको टिमले यो तलमाथि बनावट भएको देखिने यो भाइरसलाई कोरोना भाइरसको ना दिएका थिए।

पछि डाक्टर अलमेडाले लन्डनको पोस्टग्रेजुएट मेडिकल कलेजमा काम गरिन्। त्यहिँबाट उनि डक्टरेट भइन्।

आफ्नो करियरको अन्तिम दिनताका डाक्टर जून अलमेडा वयलकम इन्टिच्युटमा कार्यरत थिइन्। जहाँ इमेजिङबाट कतिपय नयाँखालका  भाइरसको पहिचान गरेको थियो। 

वयलकम इन्टिच्युटबाट अवकाश लिएपछि उनि योगा टिचर बनेकि थिइन्। तर सन् १९८० को दशकमा  उनलाई  संरक्षक बनेर एचआइभी भाइरसको नोवल तस्बिर लिइदिन बोलाइएको थियो।

सन् २००७ मा ७७ बर्षको उमेरमा अलमेडाको निधन भयो। अब उनको निधन भएको तेह्र बर्षपछि उनि र उनको कामको चर्चा हुनुको साथै उनको अनुसन्धानलाई मान्यता मिलेको छ र यसको हकदार पनि उनै हुन्। अहिले उनको अनुसन्धानले सरुवा भाइरसको बारेमा शोध गरिरहेका डाक्टरलाई मद्दत मिलिरहेको छ।

प्रकाशित: ४ वैशाख २०७७ १२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App