मनसुन सक्रिय भएसँगै सावधानी अपनाउन प्रशासनको आग्रह
मनसुन सुरु भएसँगै आइपर्ने प्राकृतिक विपत्तीबाट जोगिनका लागि जिल्ला प्रशासन कार्यालय खोटाङले सावधानी अपनाउन आग्रह गरेको छ ।
मनसुन सुरु भएसँगै आइपर्ने प्राकृतिक विपत्तीबाट जोगिनका लागि जिल्ला प्रशासन कार्यालय खोटाङले सावधानी अपनाउन आग्रह गरेको छ ।
बर्दिया जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै वर्षायामका बेला विशेषगरी बबई, कर्णाली, मानखोला, ओराही नदी तथा अन्य खोलानाला नजिकका बासिन्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
वडा कार्यालयको राजश्व हिनामिना गरेको भन्दै वीरेन्द्रनगर–४ नम्बर वडा कार्यालयका प्रशासन सहायक पक्राउ परेका छन् । वडा कार्यालय भैरवस्थानमा कार्यरत करार सेवाका प्रशासन सहायक रत्नबहादुर विक पक्राउ परेका हुन् ।
जिल्ला प्रशासन कार्यालय दैलेखले कामको सिलसिलामा छिमेकी मुलुक भारत गएका ४२ हजार नागरिक जिल्ला भित्रने प्रक्षेपण गरेको छ।
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले लकडाउनका कारण अवरुद्ध भएको साप्सु खोला पुलको काम सूचारु गर्ने स्वीकृतिका लागि प्रशासनलाई आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणकाक्रममा लागू गरिएको लकडाउनका कारण ठप्प भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने साप्सु खोलाको मोटरेबल पुलको काम सूचारु गर्नका लागि स्वीकृति प्रदान गर्न आग्रह गरेको हो ।
केही दिनदेखि लकडाउन खुकुलो बनाएको स्थानीय प्रशासनले वाग्मती प्रदेशका डिआइजी बसन्तकुमार लामाको निरीक्षण भ्रमण हुँदा भने बुधबार दिउँसोदेखी दोलखामा कडाइ गरेको छ ।
सर्लाहीको चक्रघट्टा गाउँपालिकामा वितरण गरिएको राहत वितरणमा अनियमितता भएको भन्दै स्थानीयले विरोध प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । चक्रघट्टा गाउँपालिका–५ पडरिया गाउँस्थित चमार टोलका बासिन्दाले सोमबार दिउँसो सदरमुकाम मलंगवामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
गत बिहीबार त्रिबेणी गाउँपालिका ७ गैरिगाउँमा ४ जना बालबालिकाको मृत्यु हुने गरि बम विष्फोट भएपछि जिल्ला प्रशासन कार्यालय रोल्पाले एक अपिल जारि गरेको छ । उक्त घटनामा त्रिबेणी ७ गैरीगाउँका १४ वर्षिय नोखिराम डागी, ११ वर्षिया बिमला खत्री, ५ वर्षिय बिजय खत्री र त्रिबेणी ४ का १३ वर्षिय गौरब नेपालीको मृत्यु भएको थियो ।
लकडाउनका कारण ताप्लेजुङमा अड्किएका ८ जना जापानी पर्यटकलाई स्थलमार्गमार्फत काठमाडौ पठाइएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पासमा कडाइ गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय तनहुँले आफूखुसी राहत संकलन र वितरण नगर्न आग्रह गरेको छ। प्रशासन कार्यालय तनहुँले आफूखुसी राहत संकलन र वितरण गर्नेलाई कारवाही गर्ने समेत जनाएको छ। विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को जोखिम नियन्त्रणका लागि लागू गरिएको लकडाउनको अवधिमा केही व्यक्ति तथा सङ्घसंस्थाले आफूखुसी राहत वितरण गर्न थालेको भन्दै प्रशासनले त्यस्तो नगर्न अनुरोध गरेको हो।
यहाँ आएका विभिन्न देशका १५ जना विदेशी पर्यटक स्वदेश फर्किन नमानेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयमा लकडाउनमा सवारी साधन सञ्चालनका लागि पास वितरण गर्ने नाममा भिडभाड बढेकाे छ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले अध्यागमनको प्रकृया पूरा गरी नेपाल भित्रिएका र ताप्लेजुङ जिल्लामा रहेका विदेशी नागरिकहरुलाई तत्काल प्रशासन कार्यालयमा सम्पर्क गर्न भनेको छ।
संक्रमित युवतीसँगै कतार एयरवेजबाट हवाइ यात्रा गरेर आएका रुपन्देहीका तीन जनालाई अहिलेसम्म क्वारेन्टाइनमा राखिएको छैन। कोरोना संक्रमणको सम्भाबित जोखीमबाट बच्न युवतीसंगै हवाइ यात्रा गरेकाहरुको पहिचान गरी क्वारेन्टाइनमा राख्न भनिए पनि रुपन्देही प्रशासनले त्यसको बेवास्ता गरेको छ।