९ असार २०८१ आइतबार
image/svg+xml
समाज

ताप्लेजुङमा अड्किएका ८ जापानी पर्यटकलाई काठमाडौ पठाइयो

ताप्लेजुङ- लकडाउनका कारण ताप्लेजुङमा अड्किएका ८ जना जापानी पर्यटकलाई स्थलमार्गमार्फत काठमाडौ पठाइएको छ।

कञ्चनजंघा क्षेत्रको भ्रमण तथा अवलोकनका लागि आएका उनीहरुलाई राजधानी काठमाडौ पठाइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए। एउटा समूहमा ५ र अर्को समूहमा ३ गरी दुई समूहमा रहेका ८ जना जापानी र उनीहरुका पथप्रर्दशक र सहयोगी गरी ३५ जनालाई यहाँबाट पठाइएको निरौलाले बताए।

यसअघि ३ जनालाई सीता एयरको जहाजमार्फत र २ जनालाई स्थलमार्गमार्फत उद्धार गरी काठमाडौ पठाइएको थियो। अध्यागमनको प्रकृया पूरा गरी नेपाल भित्रिएका र ताप्लेजुङ जिल्लामा रहेका विदेशी पर्यटकलाई उद्धार गरी राजधानी पठाउने प्रकृया सुरु भएको जिल्ला प्रशासन कार्यालयले चैत १४ गते एक सार्वजनिक सूचनामार्फत सम्बन्धितलाई प्रशासनमा सम्पर्क राख्न आह्वान गरेको थियो। सोहि अनुरुप विदेशी नागरिकहरु प्रशासनको सम्पर्कमा आएका थिए।

प्रकाशित: ६ वैशाख २०७७ ०४:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App