पाँचथरमा स्थानीय प्रशासनद्वारा कडाइ
मंगलबारको तुलनामा बुधबार विहानैदेखि पाँचथर सदरमुकाम फिदिम लगायतका बजारहरूमा स्थानीय प्रशासनले निक्कै कडाई गरेको छ। प्रहरीले फिदिमबजार क्षेत्रमा पसलहरू बन्द गर्न तथा बाहिर ननस्किन कडा निर्देशन गरेको हो।
मंगलबारको तुलनामा बुधबार विहानैदेखि पाँचथर सदरमुकाम फिदिम लगायतका बजारहरूमा स्थानीय प्रशासनले निक्कै कडाई गरेको छ। प्रहरीले फिदिमबजार क्षेत्रमा पसलहरू बन्द गर्न तथा बाहिर ननस्किन कडा निर्देशन गरेको हो।
करिब ८७ हजार निजामती कर्मचारीलाई निर्देशित गर्ने प्रशासन कानुन अलपत्र अवस्थामा छ, जसबाट निजामती कर्मचारी क्षेत्रमा अन्योल उत्पन्न भएको छ।
महिला उद्यमीद्वारा बुटवलमा सञ्चालित मेला प्रशसानले बिचमै रोकीदिएपछि आयोजकले क्षतिपूर्तीको माग गरेका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति प्रदेश ५ ले बुटवलमा लघु घरेलु साना तथा औद्योगिक कृषि व्यापार एवमं पर्यटक महोत्सव गरेको थियो। फागुन २१ गतेदेखि सञ्चालित सो मेला चैत २ गतेसम्म चल्ने भनिएको थियो।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लामा कुनै प्रकारका सभा सम्मेलन, भेलालगायत भिडभाड हुन कार्यक्रम नगर्न अनुरोध गरेको छ। विश्वभरि फैलिँदै गएको कोरोना भाइरस सम्बन्धि सतर्कता अपाउन प्रशासनले यस्तो अनुरोध गरेको हो।
जिल्ला प्रशासन कार्यालय खोटाङले होली मनाउनेक्रममा सतर्कता अपनाउन आग्रह गरेको छ। कोरोना भाइरसको सम्भावित संक्रमणको रोकथाम र नियन्त्रणका लागि प्रशासनले फागु पूर्णीमा (होली) मनाउनेक्रममा हुने भीडभाडमा सहभागी नहुन आग्रह गरेको छ।
कोरोना भाइरसको माहामारी संसारभर फैलिएकाले काठमाडौं जिल्ला प्रशासनले पनि भेला, सभासम्मेल जस्ता कार्यक्रममा नजान आग्रह गरेको छ। बिहीबार जिल्ला प्रशासनले सूचना जारी गर्दै कोरोना भाइरसबाट सचेत हुन आग्रह गरेको हो।
मधेसको गाउँ-सहरमा बढ्दो डीजे बाजालाई (चर्को आवाजमा बजाइने बाजा) स्थानीय प्रशासनले नियन्त्रण गर्न थालेको छ। बिवाह, पर्वलगायमा मनोरञ्जनको आडमा बजाइने डिजे बाजाका कारण मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएपछि प्रशासन नियन्त्रण अभियान सुरु गरेको छ।
पोखराको शिवसक्ति क्याम्पसमा भर्ना भएर विद्यार्थीको रुपमा नेपाल रहेका तर गोरखामा धर्म प्रचार गरेर बसेकाहरुले जिल्ला छाडेका छन्। लामो समयदेखि गोरखामा घर भाडामा लिएर बसेका चार जना जापानी नागरिकको गतिविधि शंकास्पद देखिएपछि जिल्ला प्रशासन कार्यालयले निगरानी गरेको थियो।
वीरेन्द्रनगरमा मंगलबार बिहान कालीकोट महाबै गाउँपालिका–३, सिमखेत घर भएका २० वर्षीय केशर सिंहको मृत्यु भएपछि जारी प्रदर्शनले उग्ररुप लिँदै गएपछि वीरेन्द्रनगरमा कफ्र्यू जारी गरिएको छ।
मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदबारलाई नयाँ डिजाइनसहितको पुनःसंरचना गरेर आकर्षक बनाइने भएको छ।
नेपाल जनप्रशासन संघ अध्यक्षमा पूर्वप्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा निर्विरोध निर्वाचित भएका छन्। शुक्रबार राजधानीमा सम्पन्न उक्त संघको अधिवेशन सम्पन्न भएको थियो।
जिल्लाको खुम्बु क्षेत्र कार्गो ढुवानी गर्ने हेलिकोप्टरले नियम विपरीत उडान भर्ने गरेका भए पनि जिल्ला प्रशासन कार्यालय भने बेखबर रहेको छ। कैलाश र सिम्रिक एयरका हेलिकोप्टरले खुम्बुका विभिन्न क्षेत्रमा दैनिक उपभोग्यदेखि निर्माण सामग्रीसमेत ढुवानी गरिरहेका छन्।
हलेसी तुवाचुङ नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकिएपछि कर्मचारीबीच द्वन्द्व सिर्जना भएको छ।
ईलाका प्रशासन कार्यालय सिर्दिबासमा सहयोगी हिराबहादुर गुरुङ नागरिकताको ढड्डा पल्टाएर बिवरण खोजिरहेका थिए। जिल्ला प्रशासन कार्यालय गोरखाबाट सोधिएको बिवरण सहि या गलत भन्ने कार्यालयमा भएको बिवरण हेरेर बताउने, नागरिकता बनाए/नबनाएको रेकर्ड हेरेर जानकारी दिने उनको दैनिकी हो।
मंसिर १४ मा जिल्लामा हुने उपनिर्वाचनका लागि सरकारी तयारी तीव्र पारिएको छ। स्थानीय प्रशासनले निर्वाचन लक्षित सुरक्षा योजना तयार पारिसकेको छ भने आइतबार प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना गरिएको छ। घोराहीस्थित जिल्ला बार एसोसिएसनको भवनमा मुख्य निर्वााचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।