१० मंसिर २०८१ सोमबार
image/svg+xml

मूर्ति विर्सजनका क्रममा २ समुदायबीच झडप, प्रशासनद्वारा अनिश्चितकालीन कर्फ्यु

कपिलवस्तुको कृष्णनगर नगरपालिको कृष्णनगरमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेकाे छ। दिपावलीको समापनसंगै बुधवार राति ८ बजेतिरु मुर्ति बिर्सजनकाक्रममा झण्डेनगरमा विवादले उग्ररुप लिएपछि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेकाे हाे।

राति १० बजेपछि देउसीभैलो निषेध

जिल्ला प्रशासन कार्यालय रामेछापले राति १० बजेपछि देउसीभैलो नखेल्न आग्रह गरेको छ । नेपालीको महान् चाड तिहारलाई हर्षोल्लास, भव्य, मर्यादित र अनुशासित तरिकाले मनाउनलाई विशेष योजना लागू गरिएको प्रशासनले जनाएको छ ।

नागरिकता र राहदानी लिने बढे

दसैं र तिहारबीच जिल्ला प्रशासन कार्यालय खोटाङमा नागरिकता र राहदानी लिनेको संख्या बढेको छ। दसैं र तिहार मनाउन घर आएको मौका पारेर सदरमुकाम दिक्तेल आएका सेवाग्राहीका कारण जिल्ला प्रशासन कार्यालयमा नागरिकता र राहदानी बनाउनेको संख्या बढेको हो।

प्रशासनकै अभियान कार्यान्वयनमा फितलो

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले संचालन गरेको ‘नयाँ महिना नयाँ काम’ अभियान कार्यान्वयनमा फितलो देखिएको छ।

तीन वर्षदेखि इलाका प्रशासन कार्यालय बन्द

हुम्लाको सर्केगाड गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालय स्थापना भएको ठीक तीनदेखि बन्द नै रहेको छ। कार्यालय सहयोगीले मन लागे कार्यालय खोल्ने मन नलागे बन्द गरी बस्ने गरेका छन्।

उद्देश्यसापेक्ष भूमि प्रशासन

वर्तमान नापी प्रक्रियाले भूमिहीन र सुकुमवासीलाई जग्गा उपलब्ध गराउन कम्तीमा ३० वर्ष लाग्छ। यसर्थ यो प्रणालीको विकल्प खोज्न जरुरी छ।

अनुगमन प्रक्रिया सिकाउँदै विगतका निकाय

प्रशासनले नेतृत्व गर्दै आएको बजार अनुगमन कार्य स्थानीय सरकारको हातमा पुगेपछि यसअघि बजार नियमक संस्थाहरुले स्थानीय तहलाई अनुगमनका जिम्मेवारी सुम्पिँदै पद्धति र प्रक्रियाका बारेमा न्यूनतम जानकारी गराउन थालेका छन्।

आयोगको चेक अब मन्त्रीले काट्ने !

कानुनद्वारा गठित स्वतन्त्र र स्वायत्त आयोगको आर्थिक प्रशासन सञ्चालनको जिम्मेवारी मन्त्रीलाई दिनेगरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा बनेको विधेयकमा पारित भएको छ।

धनकुटामा छड्के अनुगमन तीव्र

स्थानीय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकामाथि कडाइ सुरु गरेको छ। धनकुटाका नगर र गाउँपालिकाका विभिन्न स्थानमा छड्के अनुगमनलाई तीव्र पारिएको हो।

छोरालाई घर ल्याउन खोज्दा तगारो बन्यो प्रशासन

बाबु दाबी गर्ने चन्देश्वर र अन्य आफन्तलाई बच्चाले नचिनेको दाबी गर्दै प्रजिअ किरण थापाले दुवैको डिएनए परीक्षण गराएर मात्रै निष्कर्षमा पुग्दा उपयुक्त हुने स्पष्ट पारे।

एक सय २५ कर्मचारी यता न उता

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले चैत १४ गते संघ, प्रदेश र स्थानीय तहमा गरी एक लाख ३१ कर्मचारीको समायोजनको काम पूरा भएको घोषणा गरे। समायोजन सकिएको घोषणा भएको पाँच महिना पूरा भइसकेको छ। तर, समायोजन भइसके भनिएका एक सय २५ कर्मचारी अझै यता न उता भएर अलपत्र अवस्थ।

निजामती प्रशासनमा सुशासन र ट्रेड युनियनको भूमिका

कर्मचारीतन्त्रको मुलभूत दायित्व तथा कर्तव्य भनेको जनतालाई सर्वसुलभ रुपमा सेवा प्रवाह गर्नु हो । आफ्नो सम्पूर्ण समय जनसेवामा समर्पित गर्ने जनसेवक पनि जनताको छोरा-छोरी भएकाले उनिहरुका आधारभूत आवश्यकता परिपूर्ति गर्ने कर्तव्य राज्यको हो ।

सिमा कार्यालय बन्द भएको विषयमा प्रशासन चासो

खुम्बुपासाङल्हमू गाउँपालिका–५ नाम्चेमा अवस्थित सीमा प्रशासन कार्यालय महिनौंदेखि बन्द भएको समाचार प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालयले चासो देखाएको छ।

काठमाडौँ विश्वविद्यालयको मुख्य प्रशासनिक भवन पूर्णरुपमा बन्द

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) को मुख्य प्रशासनिक भवन पूर्णरुपमा बन्द भएको छ। केयु प्राध्यापक सङ्घद्वारा यसअघि गरिएका तालाबन्दी खोल्न जारी वार्ताका क्रममा बिहीबार लेखा र भौतिक व्यवस्थापन शाखामा पनि तालाबन्दी गरेपछि केयुको मुख्य प्रशासनिक भवन पूर्णरुपमा बन्द भएको हो।

प्रशासन कार्यालय बन्द, सेवाग्राही प्रभावित

खुम्बुमा स्थापित सीमा प्रशासन कार्यालय महिनौंदेखि बन्द हुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ। कार्यालय प्रमुख नवदीप राईले परीक्षा दिन भन्दै साउनमै खुम्बु छाडेका र कार्यालय सहयोगीसमेत एक सातादेखि काठमाडौं रहेकाले सेवाग्राहीले सास्ती खेप्नुपरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्