१० मंसिर २०८१ सोमबार
image/svg+xml

सरकारले इतिहासमै फड्को मार्‍योः मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले प्रशासनिक काम र आर्थिक वृद्धिदर हासिल गर्ने काममा इतिहासमै फड्को मारेको दावी गरेका छन्।

चितवन प्रशासनको कडा आदेश, पाँच जना भन्दाबढी एकै ठाउँमा जम्मा हुन नपाइने

जिल्ला प्रशासन कार्यालय चितवनले आज सोमबारदेखि पाँचजना भन्दाबढी ब्यक्ति एकै ठाउँमा जम्मा हुन नपाउने निर्णय गरेकाे छ। जिल्लाको सुरक्षाको व्यवस्थापनमा थप कडाइ गर्दै सुरक्षा निकायले यस्ताे निर्णय गरेकाे हाे।

जग्गा हिनामिनासम्बन्धि उजुरी प्रशासन कार्यालयमा दिन सकिने

सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले जग्गा हिनामिनासम्बन्धी उजुरी तथा सूचना जिल्ला प्रशासन कार्यालयमा पनि दिन सकिने व्यवस्था गर्न लागेको छ।

प्रशासनको छड्के निरीक्षणः ३ कार्यालय प्रमुख र १५ अधिकृतसहित ७७ कर्मचारी अनुपस्थित

जिल्ला प्रशासन कार्यालय सिरहाले मंगलबार संघ तथा प्रदेशस्तरीय विभिन्न कार्यालयको आकस्मिक निरीक्षण गरेको छ। निरीक्षणका क्रममा १३ वटा कार्यालयका ३ प्रमुख १ उपसचिव १५ अधिकृतसहित ७७ जना कर्मचारी अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

इलाका प्रशासन कार्यालयको माग

केपिलासगढी गाउँपालिकाले इलाका प्रशासन कार्यालय स्थापनाको माग गरेको छ। प्रदेश सभा सांसद राजन राई, केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्ण राईलगायतको टोलीले गृह मन्त्रालय पुगेर इलाका प्रशासन कार्यालय स्थापनाको माग गरेका हुन्।

समायोजनका कर्मचारीलाई हाजिर गराउन निर्देशन

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन भएर गएका स्थानीय तहका कर्मचारीलाई हाजिर गराउन निर्देशन दिएको छ। समायोजन भएर गएका कर्मचारीलाई स्थानीय तहमा हाजिर गर्न नदिएपछि मन्त्रालयले हाजिर गराउन निर्देशन दिएको हो।

सँगै हाँस्ने कि एक्लै रुने ?

केही वर्षअअघिको कुरा हो। अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जेलस सहरमा नेपाली कार्यक्रमको रात्रिभोज थियो। धेरैजसो सहभागी नेपाली संगीत, खाना, भलाकुसारी तथा आफ्नो देशको समसामयिक घटना र राजनीतिमा केन्द्रित देखिन्थे। परदेशमा हुने परिवार वा साथीभाइबीच हुने ससाना भेटघाट हुन् वा सामूहिक रूपमा हुने ठूला कार्यक्रम, नेपालको वर्तमान राजनीतिबारेको बहसले प्राथमिकता पाउने गर्छ। कार्यक्रम भइरहेको हलको एउटा कुर्सीमा पाइन्ट र ढाकाटोपी लगाएका अन्दाजी ६५/७० वर्षका जस्ता देखिने एक सज्जन बसिरहेका थिए।

गुनासो सम्बोधन गर्ने बहानामा आफ्नालाई रोजेको ठाउँ

साविकका स्थानीय तहका १० हजार ५सय ४०, साविकका जिविसबाट १ हजार २सय ४१ र अन्य सेवाबाट ३ सय १६ कर्मचारी गरी १२ हजार ९७ कर्मचारीहरु स्थानीय तहमा समायोजन भएका छन्।

विश्वविद्यालयमा नयाँ नेतृत्व

देशका विभिन्न विश्वविद्यालय ‘नयाँ नेतृत्व’ को पर्खाइमा छन्। पुराना पदाधिकारीको चार वर्षे कार्यकाल सकिएर नियमित प्रक्रियाअनुसार नयाँ नेतृत्व छनोट हुने अवस्था सिर्जना भएको छ।

आठ हजारलाई राहदानी, साढे १० हजारलाई नागरिकता

जिल्ला प्रशासन कार्यालय काभ्रेबाट आर्थिक वर्ष २०७५/७६ मा ८ हजार ३ सय ९७ जनाले राहदानी लिएका छन् । यो संंख्या साधारण दस्तुर पाँच हजार रुपैयाँ तिरेर जिल्लाबाटै राहदानी लिनेहरूको हो । यसबापत कार्यालयले ४ करोड ५६ लाख ६६ हजार राजस्व संकलन गरेको छ । ‘साधारण दस्तुर तिरेर राहदानी लिनेमा पुरुषको बाहुल्य छ । गएको आवमा ४ हजार ५ सय ८० पुरुष र ३ हजार ८ सय १७ महिलाले राहदानी लिएका छन्,’ सूचना अधिकारी एवं सहायक प्रजिअ वसन्तराज पुरीले भने ।

जिल्ला प्रशासनमै स्तनपान कक्ष

स्तनपान कक्षमा एकै पटक तीनजनासम्म आमाले स्तनपान गराउन सक्नेछन्। यस्तै सेवाग्राहीहरूको सुविधाका लागि कार्यालयको मूल प्रवेशद्वारमा छुट्टै सहायता कक्ष पनि सञ्चालनमा आएको छ। सेवाग्राहीको सहजताका लागि १३ प्रकारका निवेदनका ढाँचाहरू निर्माण गरी सहायता कक्षमा राखिने छ।

घुस लिएको आरोपमा पक्राउ पर्ने गृहका कर्मचारी बढी

गृह प्रशासनतर्फका कर्मचारी सबैभन्दा बढी घुस्याहा भएको आरोप लागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/७६ मा घुस लिँदालिँदै पक्राउ गरेको कर्मचारीको तथ्याङ्कका आधारमा सो निष्कर्ष निकालिएको हो।

'बाढीको समस्या समाधानमा प्रदेश गम्भीर'

बर्सेनि आउने बाढीको समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको मुख्यमन्त्री लालबाबु राउत गद्दीले बताएका छन्। रौतहटमा आएको विनाशकारी बाढीको विभिन्न ठाउँमा स्थलगत निरीक्षणपश्चात् जिल्ला प्रशासन कार्यालय रौतहटमा बाढीपीडितलाई राहत प्रदान गर्दै मुख्यमन्त्री राउतले राहत वितरण गर्नुभन्दा महŒवपूर्ण कुरो बाढीको समस्या नै समाधान गर्नु रहेकोले बाढीको समस्या स्थायी समाधान गर्नेतर्फ प्रदेश सरकारको ध्यान गएको बताएका छन्।

राहदानीबाट पौने तीन करोड राजस्व

गत आर्थिक वर्ष २०७५/०७६ मा जिल्ला प्रशासन कार्यालयले पौने ३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। राहदानी, संघ–संस्था दर्ता–नवीकरण तथा विभिन्न जरिमाना र दस्तुरबाट २ करोड ८१ लाख १ हजार ९८ रुपैयाँ संकलन भएको प्रशासन कार्यालयले जानकारी दिएको छ।

प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय नछाड्न निर्देशन

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई २४ सै घण्टा कार्यालयमा रहन निर्देशन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्