२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

मूर्ति विर्सजनका क्रममा २ समुदायबीच झडप, प्रशासनद्वारा अनिश्चितकालीन कर्फ्यु

कपिलवस्तु – कपिलवस्तुको कृष्णनगर नगरपालिको कृष्णनगरमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेकाे छ। दिपावलीको समापनसंगै बुधवार राति ८ बजेतिरु मुर्ति बिर्सजनकाक्रममा झण्डेनगरमा विवादले उग्ररुप लिएपछि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेकाे हाे।

मूर्ति विर्सजनका लागि जाने क्रममा अज्ञात समुहले ढुंगा हाने पछि विवाद बढेको थियो । विवाद बढेपछि दुई समुहबीच ढुंगा हानाहानसमेत भएको प्रत्यक्षर्शीहरूले बताएका छन ।

विवादपछि तनाव र झडप बढेपछि बिहीवार बिहान जिल्ला सुरक्षा समितिको बसेको आकस्स्मिक बैठकले कर्फ्यू लगाउने निर्णय गरेको प्रशासकीय अकिधकृत मनोज सैनीले बताए ।

प्रजिअ गजेन्द्र बहादुर श्रेष्ठले जारी गरेको कफेर्यु आदेश अनुसार कृष्णनगर भन्सार कार्यालयदेखि उत्तर तर्फ ७ सय मिटर, पश्चिम तर्फ सात सय मिटर, र पुर्व तर्फ ३ सय मिटर क्षेत्र निर्धारण गरिएको छ । सो क्षेत्र भित्र हिडडुल गर्न जम्मा हुन प्रतिबन्ध लगाइएको छ। आदेश अवज्ञा गरिएमा कानुन अनुसार कारबाही गरिने प्रजिअ श्रेष्ठले बताए ।

झडपलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले बुधवार राति केही राउन्ड अश्रु ग्यास समेत प्रहार गरेका थिए। झडपमा एक दर्जन स्थानीय र २ प्रहरी समेत घाइते भएका छन ।

प्रहरीले दमन गरेको भन्दै बिहीवार  प्रदर्शनकारीले कृष्णनगरको बस पार्कमा रहेको प्रहरी बिटमा समेत आगजनी गरेका छन । प्रहरी र प्रर्दशनकारी बिहान ढुंगा हानाहान भएकाे हाे ।

स्थितिलाई नियन्त्रणमा लिन कृष्णनगर कृष्णनगरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्र टोली परिचालन गरिएको प्रजिअ श्रेष्ठले बताए ।

‘प्रहरीमाथी नै छतबाट समेत ढुंगा प्रहार भईरहेका छ, तर संयमित हुन निर्देशन दिएको छु ’ उनले भने । गतवर्ष दशैका बेला पनि दुर्गा मूर्ति बिर्सजनकाक्रममा हिन्दु र मुस्लिम समुदाय बिच झडप हुदा कफुर्य लगाईएको थियो ।

त्यस्तै गएको दशैका बेला मूर्ति बिर्सजनकाक्रमा भारत र नेपालका सुरक्षाकर्मी र स्थानीय अगुवा बिच छलफल गरिएकाले कुर्नै अप्रिय घटना भएन । तर तिहारमा भने सुरक्षाकर्मीले सुरक्षा बारे त्यति चासो दिएको थिएन । जसले गर्दा लक्ष्मी मूर्ति विर्सजनमा फेरि झडको स्थिति आएको स्थानीयबासी बताउछन ।

प्रत्यक्षदर्शी अनुसार बुधवार र बिहीवार गरी कृष्णनगरमा प्रहरीले ५० राउन्ड बढी अश्रु ग्यास प्रहार गरेका छन । एक दर्जन बढी घाइते समेत भएका छन । प्रहरीले भने घटनामा कति घाइते भए, कति राउन्ड अश्रु ग्यास प्रहार गरिएकाे बारे आधिकारिक जानकारी दिएको छैन ।

प्रकाशित: १४ कार्तिक २०७६ ०६:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App