३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

राजश्व हिनामिनाको आरोपमा प्रशासन सहायक पक्राउ

वडा कार्यालयको राजश्व हिनामिना गरेको भन्दै वीरेन्द्रनगर–४ नम्बर वडा कार्यालयका प्रशासन सहायक पक्राउ परेका छन् । वडा कार्यालय भैरवस्थानमा कार्यरत करार सेवाका प्रशासन सहायक रत्नबहादुर विक पक्राउ परेका हुन् ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले उनलाई घरबाट पक्राउ गरेको हो । ‘राजश्व रकम दैनिक जम्मा गर्नुपर्ने हो,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका प्रवक्ता मेघनाथ सापकोटाले भने, ‘रकम खातामा जम्मा नगरी हिनामिना गरेको देखियो ।’ कति रकम हिनामिना भएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ ।

नगरपालिका, वडा र रत्नबहादुरले रकम फरक फरक दाबी गर्दै आएका छन् ।

प्रकाशित: १५ असार २०७७ १२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App