५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

विदेशबाट आएका सबैले प्रशासनमा सम्पर्क राख्नुपर्ने

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले अध्यागमनको प्रकृया पूरा गरी नेपाल भित्रिएका र ताप्लेजुङ जिल्लामा रहेका विदेशी नागरिकहरुलाई तत्काल प्रशासन कार्यालयमा सम्पर्क गर्न भनेको छ।

प्रशासन कार्यालयले आफ्नो होटलमा विदेशी नागरिक भए सो को जानकारी यथाशीघ्र प्रशासन कार्यालयमा दिन यहाँका होटल सञ्चालकहरुलाई समेत आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै अध्यागमनको प्रकृया पूरा गरी नेपाल भित्रिएका र ताप्लेजुङ जिल्लामा रहेका विदेशी नागरिकहरुलाई आफ्नो विवरण  आ–आफ्नो देशको राजदूतावास तथा जिल्ला प्रशासन कार्यालयमा पेश गर्न आग्रह गरेका छन्।

प्रजिअ निरौलाले अध्यागमनको प्रकृया पूरा गरी नेपाल भित्रिएका र ताप्लेजुङ जिल्लामा रहेका विदेशी नागरिकहरुलाई निकट भविष्यमा उद्धार उडान गरी काठमाडौ लैजाने प्रकृयाका चलिरहेकोले यो सूचना जारी गरिएको जानकारी दिएका छन्।

प्रकाशित: १४ चैत्र २०७६ ०७:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App