२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

महिला दिवसकै दिन चार छोराछोरीसहित आत्महत्या, हात बाँधिएको अवस्थामा शव फेला

अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा दैलेखको आठबीस नगरपालिकाकी एक महिलाले घरेलु हिंसाका कारण चार छोराछोरीसहित कर्णाली नदीमा हामफालेर आत्महत्या गरेकी छन्। आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुनिता बडुवालले १५ वर्षीया छोरी कल्पना, १२ वर्षीया छोरी सरिता, १९ वर्षीय छोरा ललित र सात वर्षीया छोरी रजनीसहित कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको आशंका प्रहरीको छ।

रुखमा झुण्डिएको अवस्थामा पुरुषको शव फेला

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर गजमेरका अनुसार उक्त शव स्थानीयवासी ५० वर्षीय रामकृष्ण बलामीको रहेको बुझिएको छ।

भारतीय जङ्गलमा महिलाको शव फेला

कञ्चनपुरको पुनर्बास नगरपालिका नजीक भारतको दूधुवा नेशनल पार्कको रानीवनमा एक नेपाली महिलाको शव फेला परेको छ।

नदी किनारमा महिलाको शव फेला

अर्धनग्न अवस्थामा चमेलिया नदी किनारमा एक महिलाको शव फेला परेको छ। आइतबार दिउँसो दशरथचन्द नगरपालिका–६ सेरानजिक करिब ३५ वर्षीया महिलाको शव फेला परेको हो।

पहिरोले पुरिएका दुई जनाको शव फेला

दार्चुला जिल्लाको दुहुँ गाउँपालिका ३ स्थित खेती भन्ने स्थानमा रहेको एक घर पहिरोले पुरिदा बेपत्ता भएका दुई जनाको शव साउन १२ गते एपीएफ टोली र स्थानीय प्रहरीले फेला पारेको छ । सो घटनाबारे जानकारी पाउनासाथै खोजी तथा उद्वार कार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५० गुल्म दार्चुलाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पहिरोले पुरिएका दुवै जनाको शव फेला पारेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीलेबताए ।

तावाखोलाले बगाउँदा महिलाको ज्यान गयो

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङकी एक महिलालाई स्थानीय तावाखोला तर्ने क्रममा खोलाले बगाएको अवस्थामा शव फेला परेको छ ।

निलडाम र चोटसहित पुरुषको शव फेला

माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाबीचको माइखोलाछेउमा बेवारिसे शव फेला परेको छ । नामसालिङसँग जोडिएको पक्की पुलछेउ नगरपालिकापट्टि पर्ने खण्डको बगरमा ३०/३२ वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको हो ।

दुई नदीमा पाँच शव फेला परे

चितवनमा रहेका दुई ठूला नदीमा बुधबार पाँच जनाको शव फेला परेको छन्। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार नारायणीमा चार र राप्ती नदीमा एक जनाको शव फेला परेको हो।

चितवनमा बाढीले बगाएका पाँच शव फेला, एउटाको मात्रै सनाखत

यस वर्षको बाढीबाट गत असार अन्तिम साता माडी नगरपालिकामा दुई जनाको मृत्यु भएको चितवनमा बुधबार नदी तटीय क्षेत्रमा पाँच वटा शव फेला परेका छन् ।

बाढीले बेपत्ता वीरेन्द्रको शव भेटियो

रातु खोलाको बाढीले बगाएर बेपत्ता महोत्तरी भंगहा नगरपालिका -६ सग्रामपुरका वीरेन्द्र कापरको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी टीकाबहादुर केसीका अनुसार कापरको शव मंगलबार राती बलवा नगरपालिका-४ स्थित रातु खोलाको किनारमा भेटिएको हो।बलवा नगरपालिका-११ स्थित रातु खोला तर्ने क्रममा उनलाई बाढीले बिहान मंगलबार बिहान बगाएको थियो।

मेलम्ची सुरुङको ढोका खुल्दा बेपत्ता भएकामध्ये एकको शव फेला

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्गको ढोका खुल्दा बेपत्ता भएका दुईमध्ये बुधबार एक मृत फेला परेका छन् ।

फूल्पिङकट्टी पहिरो : थप एक शव फेला, मृतकको संख्या तीन पुग्याे

सीमावर्ती भोटेकोसी गाउँपालिका–४ फूल्पिङकट्टी गाउँमा पहिरो परी बेपत्ता भएका एकै परिवारका तीनमध्ये शुक्रबार एक बालिकाको शव फेला परेको छ । योसमेत उक्त घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

बेपत्ता इञ्जिनीयरको शव फेला

मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा बेपत्ता भएका दुईमध्ये एक जनाको शव भेटिएको छ । परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मङ्गलबार दिउँसो दुई जना बेपत्ता भएका थिए ।

मेलम्ची सुरुङको ढोका खुल्दा बेपत्ता भएकामध्ये एकको शव फेला

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्गको ढोका खुल्दा बेपत्ता भएका दुईमध्ये बुधबार एक मृत फेला परेका छन्। आयोजनामा कार्यरत जनकपुर घर भएका २६ वर्षीय इन्जिनियर शतिष गोइत मृत फेला परेका हुन्। घटनास्थलदेखि झण्डै सात–आठ किलोमिटर तल इन्द्रावती खोलाको बाहुनेपाटीमा अपराह्न साढे चार बजेतिर गोइतको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रज्जवल महर्जनले जनाए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्