१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

खोला किनारमा महिलाको शव

बैतडीमा एक महिलाको शव फेला परेको छ । पुर्चौडी नगरपालिका–७ को गिरीजाबगर भन्ने स्थानमा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो । बागागाड र खोटेली गाडकोको किनारमा महिलाको शव फेला परेको हो । शवको प्रकृति हेर्दा खोलाले बगाएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतक महिलाको पहिचान हुन सकेको छैन । शनिबार मध्यान्ह स्थानीय बासिन्दाले खोला किनारमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

पहिरोमा पुरिएको ५ दिनपछि गोबिन्दको शव फेला

पाँच दिनअघि जाजरकोट सदरमुकाम खलंगाको ठाँटीबजारस्थित पानी नाउला जाने बाटोमा पहिरोले दुई घर पुरिदा बेपत्ता भएका १३ वर्षीय बालक गोबिन्द परियारको शव शुक्रबार (आज) बिहान साढे एघार बजे फेला परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्