५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

खोला किनारमा महिलाको शव

बैतडीमा एक महिलाको शव फेला परेको छ । पुर्चौडी नगरपालिका–७ को गिरीजाबगर भन्ने स्थानमा  अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो । बागागाड र खोटेली गाडकोको किनारमा  महिलाको शव फेला परेको हो । शवको प्रकृति हेर्दा खोलाले बगाएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतक महिलाको पहिचान हुन सकेको छैन । शनिबार मध्यान्ह स्थानीय बासिन्दाले खोला किनारमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर प्राप्त भएपछि  पुरघाट प्रहरीचौकीबाट प्रहरी टोली घटनास्थलमा पुगेको र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउँदको टोली घटनास्थलतर्फ गइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए । 

प्रकाशित: २० असार २०७७ १६:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App