१५ वैशाख २०८१ शनिबार
image/svg+xml

निजामती बेथिति: दुर्गममा दरबन्दी, सिंहदरबारमा काज

निजामती प्रशासनमा पहुँच भएका कर्मचारी बढुवा प्रयोजनका लागि दुर्गम जिल्लामा दरबन्दी कायम गरी सिंहदरबार वा काठमाडौं उपत्यकास्थित आकर्षक मन्त्रालय वा कार्यालयमा काजमा बस्ने गरेका छन्।

दुर्गममा पनि बढ्दै ‘चेक बाउन्स’

कालीकोटको खाँडाचक्र नगरपालिका–१ का कमल बस्नेतले चेक बाउन्स (खातामा पैसा नभएको चेक) बोकेर गत हप्ता जिल्ला प्रहरी कार्यालय कालिकोट पुगे।

रोग बोकेर बाँचिरहेछन् दुर्गमका महिला

गत साता पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकाको खारा र पेउघामा संचालन गरिएको तिन दिनको महिला स्वास्थ्य शिविरमा ५ सय ४७ जनाले उपचार सेवा लिएका थिए।

दुर्गममा हेलिकोप्टर नै एम्बूलेन्स!

स्वास्थ्य अवस्था गम्भीर भएका बिरामीलाई जिल्ला अस्पताल वा अन्य स्वास्थ्य संस्थाले अन्यत्र रेफर गर्छ। तर, सडकको दूरावस्था भएका कारण रेफर गरिएका गम्भीर प्रकृतिका बिरामीलाई गाडीमार्फत सुविधा सम्पन्न अस्पताल पुर्‍याउने सहज अवस्था अझै बनिसकेको छैन।

दुर्गममा भिडियो एक्सरे सेवा

स्थानीय स्तरमै भिडियो एक्सरे सेवा सञ्चालनमा आएपछि गर्भवती महिलालाई चेकजाँच गराउन सहज भएको स्वास्थ्यचौकी इन्चार्ज बीरेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए।

दुर्गममा अस्पताल: जटिलताका बीच पनि गतिलो सेवा दिँदै

कोरोना संक्रमणले देशैभरका अस्पताल स्वास्थ्य संस्थामा सकस उत्पन्न गराएको छ। सुगमभन्दा दुर्गमका अस्पताल र स्वास्थ्य संस्थाहरु बिभिन्न अभावका बीचमा गुज्रिरहेका छन्।

दुर्गममा महिला अधिकार

दुर्गम पहाडी जिल्लाहरुमा आज पनि महिलाहरु अनेकन समस्याका भारी बोकेर बसिरहेका छन्। हर क्षेत्रमा पिछडिएका ग्रामिण भेगका अधिकांस महिलाहरु शिक्षा, स्वास्थ्य, रोजगारी र राजनैतिक पहुचमा छैनन्।

दुर्गममा आधुनिक सहर बसालौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्गम तथा मुख्य राजमार्ग क्षेत्रमा आधुनिक सहर विकास गर्न व्यवसायीलाई आग्रह गरेका छन्।

दुर्गममा चार्टर उडान बन्द, नयाँ हवाइ भाडादर तोकियो

नेपाल सरकारले चार्टर उडान बन्द गर्दै दुर्गम क्षेत्रको नयाँ हवाइ भाडादर तोकेको छ। मन्त्रीस्तरको निर्णयले बिहीबारदेखि दुर्गम तथा कर्णाली क्षेत्रमा संचालन हुने चार्टर उडान खारेजी गरेको नेपालगन्जस्थित नागरिक उडडयन प्राधिकरणले बताएको छ।

कोरियाकाे सहयाेगमा दुर्गममा आधुनिक विद्यालय

रोल्पाको दुर्गम गाउँमा आधुनिक विद्यालय भवन बनेपछि विद्यार्थी र शिक्षकहरु दंग परेका छन्। कोरियामा रहेको ‘अम हङ गिल ह्युमन फाउन्डेसन’को सहयोगमा त्रिवेणी गाउँपालिकाको बुढागाउँ सिम्पानीमा रहेको जनकल्याण माध्यामिक बिद्यालयका लागि अत्याधुनिक भबन बनेको हो।

दुर्गममा सेनाले बनायो भूकम्प प्रतिरोधी विद्यालय

जुम्लाको गणेश आधारभूत प्रावि गिडिखोलामा नेपाली सेनाको भगवति दल गणले भूकम्प प्रतिरोध विद्यालय भवन निर्माण गरेको छ । तातोपानी गाउँपालिका ४ स्थित सो विद्यालय भवन जीर्ण बन्दै गएपछि नेपाली सेनाले आफ्नै लगानीमा भूकम्प प्रतिरोधी भवन निर्माण गरेको हो।

दुर्गममा किन बढ्दैछन् आँखाका बिरामी

जाजरकोटमा उमेर ढल्केका मात्र होइन, कलिलै उमेरका व्यक्तिमा पनि आँखाको समस्या बढी रहेको पाइएको छ । महिनैपिच्छे हुने आँखा शिविरमा ३०० भन्दा बढीले आँखाको उपचार गराएको तथ्यांक रहेको छ।

दुर्गममा डेढ लाख क्विन्टल खाद्यान्न पठाइयो

खाद्यान्न अपुग भएका दुर्गमका जनतालाई राहत दिन सरकारले करिब डेढ लाख मेटि्रक टन खाद्यान्न पठाएको छ। खाद्य असुरक्षाको जोखिम झेलिरहेका २३ जिल्लामा नेपाल खाद्य संस्थानले चामल पठाएको हो।

ललितपुरको दुर्गममा माओवादी, सुगममा कांग्रेस–एमाले

ललितपुरका दुई नगरपालिकामध्ये एउटा नेपाली कांग्रेसले जितेको छ। गोदावरी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका गजेन्द्र महर्जनले १३ हजार ८२० मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका श्यामकृष्ण सिलवालले ११ हजार ८७ मत र माओवादी केन्द्रका श्रीगोविन्द महर्जनले पाँच हजार ६६२ मत प्राप्त गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्