२३ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

दुर्गममा भिडियो एक्सरे सेवा

जुम्लाको सिँजा क्षेत्रको एक स्वास्थ्यचौकीमा भिडियो एक्सरे सेवा शुरु भएको छ। कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजा स्वास्थ्य चौकीमा मिनि भिडियो एक्सरे सञ्चालनमा आएको छ। 

स्थानीय स्तरमै भिडियो एक्सरे सेवा सञ्चालनमा आएपछि गर्भवती महिलालाई चेकजाँच गराउन सहज भएको स्वास्थ्यचौकी इन्चार्ज बीरेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए। यहाँका महिला गर्भजाँच गराउन लामो दुरी भएपछि कर्णाली अस्पताल सम्म पुग्न सक्दैनन्। उनले भने,‘अब गाउँमै गर्भजाँच हुनेभएपछि निकै सहज बन्यो।’

गाउँ घर नजिकैका स्वास्थ्य संस्थामा भिडियो एक्सरे जस्ता अत्याधुनिक उपकरणको व्यवस्थापन भएपछि स्थानीय निकै खुसि छन्। यो सेवाले मातृ मृत्युदर शुन्यमा ल्याउने अपेक्षा गरिएको छ। स्वास्थ्य संस्थामा ल्याव सेवा, पोषण सुधार केन्द्र, गर्भवती सेवा, अल्ट्रा साउण्ड, आइसोलेसन कक्ष, अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको जनाएको छ। 

प्रकाशित: २७ जेष्ठ २०७८ १०:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App