१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

अभिभावकको हत्या हुँदा परिवारका ६ जनाको बिचल्ली

जिल्लाको मालिका गाउँपालिका–२ रुम खवाङकी सन्तकुमारी दर्जीको आँखा अझै ओभाएका छैनन्। गत भदौ १९ गते राती मदिरा सेवन गरेका तीनजना युवाले सुतिरहेको अवस्थामा घरमै आएर कुटपिट गर्दा उनका श्रीमान् मोतीप्रसादको मृत्यु भएपछि उनी नाबालक छोराछोरीसँगै भक्कानिन्छन्।

सडक भेटिन्छन्, सवारीसाधन भेटिँदैनन्

तिला गाउँपालिका–९ का मुनबहादुर थापा अहिले गाउँगाउँमा खच्चडमार्फत दैनिक उपभोग्य सामान पु¥याउँछन्। दसैंतिहार नजिकिँदै गर्दा उपभोग्य सामान पु¥याउँदैमा उनको दिन बित्छ। उनले उपभोग्य सामान सेरीबजारदेखि ओसार्छन्। उनी भन्छन्, ‘गाउँमा सडक पुग्दापुग्दै खच्चडलाई बोकाएर र मानिसले नै पिठ्युँमा बोकेर दैनिक उपभोग्य सामान लैजानु रहर नभई बाध्यता हो।

गाउँपालिका कार्यालयमा तालाबन्दी

विशेष गाउँसभाको माग गर्दै बर्दियाको गेरुवा गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ। गाउँपालिकामा वडाध्यक्षसहित जनप्रतिनिधिले विशेष गाउँसभाको माग गर्दै तालाबन्दी गरेका हुन्।

बिर्ताले गिज्याएको गणतन्त्र

रसुवाको कालिका गाउँपालिका २ का काल्साङ तामाङ बिर्ता जग्गा जोतभोग गर्ने किसान हुन्। उक्त ६ रोपनी जमिन (खेत) उनको परिवारले पुस्तौं अघिदेखि कमाइरहेको छ। अहिले पनि उनको १२ सदस्यको परिवार दिनहुँ त्यही जमिनमा घोटिन्छ, पसिना चुहाउँछ। र, उत्पादित अन्नपातले गुजारा चलाउँछ। विडम्बना, त्यही जग्गाको लालपुर्जा भने उनीसँग छैन। उनी भन्छन्, ‘जब हामीले बेचबिचन, अशंबन्डा गर्न खोज्यौं, अनि मात्र थाहा भयो– जमिन त बिर्ता रहेछ। पुर्जा अरूकै नाममा। अचम्म ! न एक कोदाले खन्न आएको छ न एउटा ढुंगा पल्टाउन। काम गर्ने हामी, पुर्जा बिर्तावालले कसरी बनाएर लगे ?’

वडाध्यक्ष ६० हजार धरौटीमा छुटे

चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेल धरौटीमा रिहा भएका छन् । वडा नम्बर ७ का वडाध्यक्षलाई कुटेको आरोपमा पक्राउ परेका लुइँटेल ६० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

वडाध्यक्ष लुइँटेल ६० हजार धरौटीमा छुटे

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेल धरौटीमा रिहा भएका छन्। वडा नम्बर ७ का अध्यक्ष कुटेको आरोपमा पक्राउ परेका लुइँटेल ६० हजार धलौटी बुझाएर रिहा भएका हुन्।

विप्लव समूहका आलिताल गाउँपालिका इन्चार्ज पक्राउ

प्रतिबन्धित नेकपा विप्लव समूहका आलिताल गाउँपालिका इन्चार्ज एवं जिल्ला कमिटी सदस्य आलोक भनिने खेम बहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको हो।

वडा कार्यालयमा आगजनीको प्रयास

खप्तड छेडेदह गाउँपालिका १ नम्वर वडा कार्यालयमा आगजनी गर्ने प्रयास गरिएको छ। भदौ ३१ गते राती १२ बजेतिर वडा कार्यालयमा डिजेल छर्केर आगजनीको प्रयास गरिएको वडाध्यक्ष वीरबहादुर रावलले बताए।

वडा कार्यालयमा आगजनी गर्ने प्रयास

खप्तड छेडेदह गाउँपालिका १ नम्वर वडा कार्यालयमा आगजनी गर्ने प्रयास गरिएको छ । भदौ ३१ गते राती १२ बजेतिर वडा कार्यालयमा डिजेल छर्केर आगजनी गर्ने प्रयास गरिएको वडा अध्यक्ष वीरबहादुर रावलले बताएका छन् । राती पानी परिरहेको बेला सबै सुतिसकेपछि अज्ञात समूह आएर आगजनी प्रयास गरिएको अध्यक्ष रावलको भनाई छ ।

गाउँपालिका तोडफोडको आरोपमा वडा अध्यक्ष पक्राउ

गाउँपालिका कार्यालय तोडफोडको आरोपमा माछापुच्छ गाउँपालिका–१ का वडाध्यक्षसहित तीन जना प्रक्राउ परेका छन्। पक्राउ पर्नेमा वडाध्यक्ष वीरेन्द्र गुरुङ, वडा नं २ का वडासदस्य गणेश आचार्य र तरुण दलका विपुल भनिने टीकाराम पौडेल रहेका छन्।

बंगुरपालनबाट वार्षिक ६ लाख आम्दानी

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेका पेमा तेन्जिन तामाङले बंगुर पाल्न थालेको साढे चार वर्ष भयो। जिल्लामा बंगुरको माग बढ्दै गएको र यसबाट राम्रो आम्दानी हुने देखेपछि उनले २०७१ फागुनदेखि बंगुरपालन सुरु गरेका हुन्।

दूधमा आत्मानिर्भर बन्न जुट्दै मरिण गाउँपालिका

मरिण गाउँपालिका दूधमा आत्मानिर्भर बन्न जुटेको छ। गाउँपालिकाभित्रबाट दूध उत्पादन गरी दूधबाट आफूहरु आत्मानिर्भर बन्न जुटेको गाउँपालिकाले जनाएको छ। किसानलाई जर्सी गाई तथा उन्नत जातको भैंसीपालन गर्न लगाई दूध उत्पादन बढाउने गाउँपालिकाको योजना रहेको छ।

अपांगताको वैशाखी बन्यो कृषि

२००८ सालमा जन्मिएका गुमानध्वज तामाङ इन्द्रावती गाउँपालिका–४ स्थित पाडामरुवा तल्लो गाउँमा बस्छन्। उनी सारसौँधै थिए। तर २०७२ को भूकम्पले धेरैको घरमात्र भत्काए पनि उनको भने झण्डै ज्यानै लिएन। ‘घर भत्कँदा हरमुन्तिर पूरै थिच्यो। झण्डै मरिनँ। तर पनि अपांग भएर बाँच्नुपरेको छ,’ खोच्याउँदै बल्लतल्ल हिँड्ने गुमानध्वजले पीडा सुनाए।

बाढीले पुल बगाउँदा सामान ढुवानी ठप्प

सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–२ मा रहेको सुर्के खोलामा आएको बाढीले फलामे पुल बगाउँदा आवतजावतमा समस्या भएको छ । बिहीबार बेलुका अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा आवातजावत ठप्प भएको हो ।

नेपाली भूभाग डुबानमा

भारतद्वारा सीमावर्ती बझाहामा बनाइएको २८ वटा ढोकासहितको बाँधजस्तोे स्थायी संरचनाका कारण तीन सय बिघाभन्दा बढी नेपाली भूभाग डुबानमा परेको छ। मायादेवी गाउँपालिका–४ स्थित तुलसी डिहवामा, पिपराको तुल्सीडहवा गौरा गाउँ सेरोफेरोका धानखेत डुबानमा परेका हुन्। डुबानकै कारण दुई दशकयता कृषकले खेतीपाती राम्ररी स्याहार्नै पाएका छैनन्। भारतीय पक्षले हिउँदमा बाँधको ढोका खोल्ने र वर्षायाममा बन्द गर्ने गरेको कृषकहरू बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्