१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

मापसे गरेर कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ

ओखलढुंगामा अर्का वडाका वडाध्यक्षमाथि कुटपिट गरेको आरोपमा चम्पादेवी गाउँपालिका –८ का वडाध्यक्ष अजय लुइँटेललाई प्रहरीले पक्राउ पक्राउ गरेको छ। लुइँटेल आइबार साँझ पक्राउ परेका हुन्।

सिङ्गो गाउँ नै भाइरल ज्वरोबाट सङ्क्रमित

पाल्पाको पूर्वखोला गाउँपालिका–३ अर्खलडाँडा क्षेत्रमा भाइरल ज्वरोको प्रकोपले सताएको छ । यहाँका एकै गाउँका ७३ जनामा भाइरल ज्वरोको सङ्क्रमणले सताएको छ । गाउँमा चार दिनअघि देखि भाइरल ज्वरोका बिरामी देखापरेका हुन् ।

१५ हजार रोपनी जग्गा अतिक्रमण

उत्तरी पर्वतको जलजला गाउँपालिकामा मात्रै १५ हजार रोपनीभन्दा बढी सार्वजनिक जमीन व्यक्तिले भोगचलन गरेको पाइएको छ । गाउँपालिकाभित्र रहेका सार्वजनिक जग्गाको खोजी गर्ने क्रममा १५ हजार २८२ रोपनी जग्गा अतिक्रमणमा परेको तथ्य फेला परेको हो । अतिक्रमण गरिएको सार्वजनिक जग्गा अधिकांश मालढुङ्गा बेनी सडक किनार र कालीगण्डकी किनारको उब्ब्जाउ जग्गा रहेको पाइएको छ ।

डुबेर एक बालिकाको मृत्यु

कपिलवस्तुको मायादेबी गाउँपालिका ४ बुलाडीहवामा स्थानीय पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। माहोम्द रफिक चिढिमारकी छोरी १५ बर्षिया जमिलाको पोखरीमा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुनिल मल्ले बताए।

बच्चाको जन्मदर्ता गराउन वर्थिङ सेन्टरमा प्रसुति गराउनु पर्ने

टेम्के मैयुङ गाउँपालिका ९, लेखर्कले बच्चाको जन्द दर्ता गराउन वर्थिङ सेन्टरमा नै बच्चा जन्माउन अभियान थालेको छ। आमा र बच्चाको सुुरक्षा र शुरक्षित प्रसुतीका लागि वडाले यो अभियान सञ्चालन गरेको हो।

नियमित गर्भ जाँच्ने महिलालाई एक क्यारेट अण्डा

गर्भवती महिला र सुत्केरी महिलाका लागि पौवादुङ्मा गाउँपालिकाले नयाँ योजना थप गरेको छ । गतवर्षबाट गाउँपालिका क्षेत्रभित्रका ग्रामिण महिलाहरुलाई बर्थिङ सेन्टरमा प्रसुति गरेबापत गाउँपालिकाले उपलब्ध गराउने रातोभाले र प्रसुति सामाग्रीमा यो वर्षबाट थप नियमित गर्भजाँच गराउने महिलालाई एक क्यारेट अण्डा प्रदान गरेको छ ।

शिक्षकको माग गर्दै विद्यार्थीले फुटाए गाउँपालिका भवन र वडाध्यक्षको टाउको !

रुपन्देहीको मर्चवारी गाउँपालिकामा विद्यार्थीहरुले तोडफोड गरेका छन्। मर्चवारी  गाउँपालिका वडा नं. ३ स्थित श्रीमती मनराजी देवी माविका विद्यार्थीहरुले शिक्षकाको माग गर्दै गाउँपालिका भवन तोडफोड गरेका हुन्।

झरीमा कालोपत्रे

ढुंगेश्वर गाउँपालिका–२ को स्याउले बजार नजिकै सडक छेउमा रम्भादेवी सुनारको घर छ। सुर्खेत–दैलेख खण्डको स्याउले बजार क्षेत्रमा बुधबार दिनभर पटके मर्मत (कालोपत्रे)को काम भयो। वर्षातका कारण सडकमै पानीको भेल बगिरहेको छ। त्यसैमाथि भइरहेको पटके मर्मतबाट रम्भादेवी विल्कुलै सन्तुष्ट छैनन्। ‘पानीमा सडक कालोपत्रे नगर्नुपर्ने हो’ उनले भनिन्, ‘अघिअघि कालोपत्रे भइरहेको छ, पछिपछि पानीले त्यसलाई बगाएर लगिराखेको छ।’

सोलारले लेकाली गोठ झलमल्ल

चरिचरण खोज्दै चौरी, याक र गाइ लिएर उच्च हिमाली क्षेत्रका खर्क र गोठ पुग्ने किसानका लागि हेलम्बु गाउँपालिकाले सोलार प्यालन वितरण गरेको छ । गाउँपालिका क्षेत्रभित्रका चौरीपालक किसानका १८ गोठ र खर्कका लागि बत्तीका साथै मोबाइलसमेत चार्ज गर्ने सुविधा भएको सोलार प्यालन वितरण गरिएको हो ।

कोचिङ पढ्न जाँदा ९ छात्रा बेहोस, १ को मृत्यु

रम्भा गाउँपालिका–५, ताहुँमा कोचिङ्ग पढ्न जाने क्रममा विद्यार्थीहरु बेहोस् हुँदा एक जनाको मृत्यु भएको छ । रम्भा माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत नौ जना बेहोस भएका पूर्वखोला गाउँपालिका–६ हेक्लाङ्गकी १६ वर्षीय कमला फालको मृत्यु भएको छ।

चट्याङ लागेर वृद्धाको मृत्यु

ओखलढुंगामा सोमबार वर्षासँगैको चट्याङले लागेर एक वृद्धाको ज्यान गएको छ। जिल्लाको सुनकोशी गाउँपालिका–१ भिरगाउँकी ६८ वर्षिया कृष्णमाया मगरको चट्याङ लागेर मृत्यु भएको हो।

सुत्केरीलाई घ्यू, अण्डा र दाल वितरण

छविस पाथीभेरा गाउँपालिकाले ‘उपाध्यक्षसँग सुत्केरी महिला कार्यक्रम’मार्फत ४५ दिनभित्रका सुत्केरी महिलालाई दुई केजी घ्यू, एक क्यारेट अण्डा र दुई केजी दाल वितरण गरेको छ। पोषणमा ध्यान नदिने यहाँका बासिन्दाको हितका लागि सो कार्यक्रम सञ्चालन गरिएको हो। सुत्केरी महिलाको पोषणमा सुधार ल्याउनका लागि खानपानको शैली परिर्वतन गर्ने कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष राधिकाकुमारी जोशीले बताए।

पहिचान बचाउन नाम परिवर्तन गर्दै कनकासुन्दरी

जुम्ला कनकासुन्दरी गाउँपालिकाले एक बर्ष पहिले गाउँपालिकाको नाम परिवर्तन गर्न भन्दै कर्णाली प्रदेश सरकार समक्ष माग राख्यो। कनकासुन्दरीले समग्र सिँजाको इतिहास झल्काउन नसक्ने भन्दै खस हाटसिँजा गाउँपालिका नामाकरण गर्न पहल थाल्न अनुरोध गर्यो।

सिधुवामा धुपी रोपेर वृक्षारोपण

धनकुटाको छथरजोरपाटी गाउँपालिकाको सिधुवा बजारलाई स्वच्छ, सुन्दर र हरियाली बनाउने लक्ष्यका साथ सोमबार १ सय ५० वटा धुपीको बिरुवा रोपिएको छ।

टिकेन नयाँ जातको अलैंची

रोङ गाउँपालिका–६, जिर्मलेका किसान टेकबहादुर वाइबाले गत वर्ष २१ मन (प्रतिमन ४० किलो) सुक्खा अलैंची उत्पादन गरे। यो वर्ष पनि उनले अलैंची टिप्न थालेका छन्। तर, वाइबा भन्छन्, ‘उत्पादन घटेर बगानमा पस्ने जाँगरै छैन।’ नयाँ जातको अलैंचीले केही वर्ष त राम्रो उत्पादन दियो। तर, जति बगान पुरानो हुँदै गयो, उत्पादन घटेको घट्यै छ। ‘पहिलो र दोस्रोपटक राम्रै उत्पादन भए पनि तेस्रो पटकदेखि उत्पादनै हुन छाडेको छ,’ वाइबाले भने, ‘पहिलाजस्तो एकपटक रोपेपछि वर्षाैंसम्म फलिरहने आशा अब नगरे पनि हुनेरहेछ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्