१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

भूमेको पर्यटकीय चिनारी

गणतान्त्रिक नेपालमा स्थानीय निकायहरू बलियो बन्दैछन्। गाउँपालिका र नगरपालिकाहरू आफ्नो भबिश्य रेखा आफैं कोर्दैछन्। धेरैले पर्यटनलाई समृद्धिको आधार मानेका छन्। यसैक्रममा रुकुम (पूर्व)को भूमे गाउँपालिका पनि पर्यटनमा केन्द्रित भएको छ। उसले भर्खरै समग्र गाउँपालिकाको पर्यटकीय चिनारी झल्काउने फोटो बुक प्रकाशन गरेको छ।

विद्यालयमा पढाइसँगै पैसा कमाउँदै

ज्वालामुखी गाउँपालिकास्थित खरीकी संगीता थापा एक हातमा घाँस अर्को हातमा किताब बोकेर बिहानै विद्यालय जान्छिन्। घरदेखि ३० मिनेटको बाटो हिँडेर विद्यालयमा घाँस ल्याउनु उनको दैनिकी जस्तै बनेको छ। हातमा किताबकापीसँगै घाँसको भारी बोकेको देख्दा सुरुसुरुमा त गाउँलेहरू गलल्ल हाँस्थे। आमाबुबा पनि अचम्म मानेर कराउने गर्थे। संगीतालाई निकै नरमाइलो लाग्थ्यो तर उनले हिम्मत हारिनन्। आमाबुबालाई सम्झाइन्। अहिले उनी सबैको प्रिय बनेकी छिन्।

ट्रान्सफर्मर चोरी हुँदा खानेपानी अवरुद्ध

खाँडादेवी गाउँपालिका–३ भीरपानीस्थित डब्खामा लिफ्ट खानेपानी आयोजनाका लागि राखिएको ट्रान्सफर्मर चोरी हुँदा करिब १३ सय घरपरिवार खानेपानीबाट वञ्चित भएका छन् । उक्त आयोजना केही समयअघि मात्र सम्पन्न भएको हो ।

गाउँपालिकाद्वारा बजार अनुगमन

खाँडादेवी गाउँपालिकाले पालिकाभित्र रहेका बजारमा सञ्चालित खाद्यान्न, किराना, होटललगायत अनुगमन गरेको छ। गाउँपालिका उपाध्यक्ष मखमली श्रेष्ठसहित सात निकायका प्रतिनिधि र पत्रकार नेतृत्वको अनुगमन टोलीले सोमबार गाल्वा बजारको अनुगमन गरेको हो।

म्याद गुज्रेको २१ महिनापछि पुल बन्यो

म्याद गुज्रेको २१ महिनापछि खोटाङको साकेला गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सु खोला पुल सञ्चालनमा आएको छ। ठेकेदारको ढिलासुस्तीका कारण २०७४ साल कात्तिकमै म्याद गुज्रिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिम जोड्ने साप्सु खोलाको पुल निर्माणको काम ढिला गरी पूरा गरिएको हो।

‘क’पढेकालाई ‘ल’को जिम्मेवारी

‘हामी ‘क’ पढेकालाई सरकारले ‘ल’को जिम्मेवारी दिएपछि भारी महसुस भएको छ। यद्यपि, दुःखसुख न्याय सम्पादनको काम गरिरहेका छौं’, यो भनाई नेचासल्यान गाउँपालिकाकी उपाध्यक्ष कुमारी देवी शर्माको हो।

सडकले निम्ताएकाे जाेखिम

सुर्नया गाउँपालिका–८ मल्लोढोलेमा पहिरो खस्दा गाउँ नै जोखिममा परेको छ। असारमा डोजरले खनेको सडकको कारण पहिरो खस्दा ६ घर विस्थापित भएका छन् भने करिब २५ घर जोखिममा छन्।

गाउँपालिकाका अध्यक्षको गाडीमा आगजनी

दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्षको गाडीमा आगजनी भएको छ। गाउँपालिकाका अध्यक्ष भक्तवहादुर ओली चढ्ने रा १ झ शनिवार राती १२स्४५ को समयमा १५२ नम्वरको बोलेरो जीपमा अज्ञात समुहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

वन्यजन्तु तस्करीको आरोपमा सशस्त्र प्रहरी जवान पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ । शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहित सोही ठाउँका दीपकसिंह बडाललाई पक्राउ गरेको हो ।

स्वयम्भु गोलीकाण्डः गाउँपालिका अध्यक्ष र वडाध्यक्षबीच बढ्याे तिक्तता

काठमाडौंकाे स्वयंभु गोली चलेर अपराधिक गतिविधिमा संलग्न रहेको भन्दै  दुई व्यक्तिलाई प्रहरीले नियन्त्रण लिएसँगै जिल्लाको लिखु गापालिकाका अध्यक्ष र वडाध्यक्षबीच तिक्तता शुरु भएको छ। प्रहरीले समातेको व्यक्तिहरुलाई प्रयोग गरी जिल्लाको लिखु तामाकोशी गाउँपालिका ७ नं वडाका अध्यक्ष सुवास बोहोराले आफु माथि चन्दा आतंक र ज्यान मार्ने धम्की दिएको सोही गाउपालिकाका अध्यक्ष गोविन्द बहादुर खडकाले आरोप लगाएका छन्।

पहिरो पीडितलाई सहयोग

गुल्मेली अधिकृत समाजले जिल्लाको सत्यवती गाउँपालिका वडा नं ३ र ४ को लिम्घा तथा ठूलोलुम्पेकका बाढीपहिरो पीडितलाई दुई लाख ५१ हजार सहयोग गर्ने भएको छ।

समन्वय नहुँदा भूकम्पपीडित मारमा

खिजिदेम्बा गाउँपालिका–४ खिजिकातीका लालप्रसाद घिमिरेको घर २०७२ वैशाख १२ मा आएको विनाशकारी महाभूकम्पमा परी बस्नै नहुने गरी क्षति भयो। भूकम्पमा घर पूर्ण क्षतिमा परे पनि उनी राहत पाउने सूचीमा परेनन्। पहिलो पटक लाभग्राहीको सूचीमा नपरेका घिमिरेले गुनासो फारम भरे। तर त्यसपछि पनि लाभग्राहीको सूचीमा उनको नाम परेन।

वातावरण, कृषि र पर्यटनमैत्री बजेट

सन्दकपुर गाउँपालिकाले चालू आर्थिक वर्ष २०७६/०७७ का लागि २८ करोड ४४ लाख ४७ हजार रुपैयाँको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। भौगोलिक रूपले ठूलो क्षेत्र र विकट भएपनि जैविक विविधतामा धनी सन्दकपुरले पूर्वाधार विकास, पर्यावरण संरक्षण र पर्यटन प्रवद्र्धनमा बजेट केन्द्रित गरेको छ।

गाउँपालिका केन्द्रमा बैंक स्थापनाको माग

खोटाङको रावाबेंसी गाउँपालिकाले राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्न माग गरेको छ। गाउँपालिकाको केन्द्र रहेको कुभिन्डेस्थित हरम्टारमा हालसम्म कुनै पनि बैंकको शाखा कार्यालय स्थापना नहुँदा बैंकिङ कारोबार गर्न असहज भएको भन्दै गाउँपालिकाले शाखा कार्यालय स्थापना माग गरेको हो।

हराएकी बालिका २ दिनपछि सकुशल भेटिइन्

साउन १२ गते आइतवार अपरान्हबाट बेपत्ता भएकी ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं १ सिनामकी २१ महिनाकी एक बालिका २४ घण्टा पछि मंगलवार अपरान्ह सकुशल भेटिएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्