५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्य

भूमेको पर्यटकीय चिनारी

गणतान्त्रिक नेपालमा स्थानीय निकायहरू बलियो बन्दैछन्। गाउँपालिका र नगरपालिकाहरू आफ्नो भबिश्य रेखा आफैं कोर्दैछन्। धेरैले पर्यटनलाई समृद्धिको आधार मानेका छन्। यसैक्रममा रुकुम (पूर्व)को भूमे गाउँपालिका पनि पर्यटनमा केन्द्रित भएको छ। उसले भर्खरै समग्र गाउँपालिकाको पर्यटकीय चिनारी झल्काउने फोटो बुक प्रकाशन गरेको छ।

मुलुकका विभिन्न भूभाग छिचोलेर डिजिटल र प्रिन्ट मिडियामा अँग्रेजी र नेपाली भाषामा यात्रा सम्बन्धी लेख तथा रचना लेख्दै आएका स्थापित ट्राभल राइटर सुरेन्द्र राना ‘गुरिल्ला’ले फोटो बुक तयार पारेका हुन्। उनले पछिल्लो चार वर्षमा पटकपटक भूमे क्षेत्र घुमेर खिचेका तस्बिर र संकलन गरेका सूचना पुस्तकमा समेटिएको छ।

माओवादी जनयुद्धसँग सम्बन्धित सम्पदाहरू, प्राकृतिक एवं सांस्कृतिक विविधता र मगर संस्कृतिले भरिपूर्ण छ भूमे। पुस्तकमा भूमेको ल्याण्डस्केप, संस्कृति, जीवनशैली, इतिहास र गुरिल्ला पदमार्गको चिनारी पस्किएको छ।

चेन्जिङ नेपालको संयोजनमा प्रकाशित पुस्तकमा १२८ पृष्ठ छ। नेपाली र अंग्रेजी भाषामा जानकारी समेटिएको छ। रंगीन कलेबरमा प्रकाशित पुस्तक भूमे गाउँपालिकालाई चिनाउने कलात्मक आँखीझ्याल बनेको छ। बधाई ट्राभल राइटर राना र भूमे गाउँपालिकालाई।

प्रकाशित: ७ भाद्र २०७६ ०८:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App