१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

खतरा बन्दै कमजोर भौतिक संरचना

जिल्लाको हिलिहाङ गाउँपालिका–७ भारपा मन्दिरको छत झरेर गत सोमबार दुईजनाको ज्यान गयो। आफंैले बनाएको संरचना गुणस्तरीय नहँुदा उनीहरूको ज्यान गएको थियो। अघिल्लो आर्थिक वर्षको बजेटमा गाउँपालिकाले मन्दिर निर्माण सम्पन्न भएको प्रतिवेदनका आधारमा भुक्तानी पनि दिइसकेको छ। योजना कार्यान्वयनका क्रममा गाउँपालिका तथा स्थानीय जनप्रतिधिको प्रभावकारी अनुगमन नहुँदा तथा उपभोक्ता समितिले गुणस्तरीय सामग्री प्रयोग नगर्दा सो दुर्घटना हुन पुगेको बताइएको छ।

पानी नपरे पनि एकाएक बाढी

गुर्जाको लाच्थावाङ र घुर्म खोलामा बुधबार एकाएक बाढी आयो। धवलागिरी गाउँपालिका–१ गुर्जा हिमालबाट बगेका ती दुवै खोलामा एक्कासि आएको बाढीले तल्लो भेगका बासिन्दालाई भागाभाग बनायो। बेलैमा सचेतना अपनाउँदा मानवीय क्षति भने ट¥यो। बुधबार दिउँसो नै लम्जुङको दोर्दी खोलामा एक्कासि आएको बाढीमा परेर पाँचजनाको मृत्यु भयो। बाढीमा बगेका केही अझै बेपत्ता छन्। दोर्दी गाउँपालिका–६ ढोडेनी क्षेत्रको सबैभन्दा माथिल्लो बस्ती ताँजेगाउँभन्दा माथि मेमेपोखरीदेखि तलको क्षेत्रमा पहिरो गएर नदीको बहाव थुनिएको र पछि फुट्दा एक्कासि बाढी आएको अनुमान गरिएको थियो। तर खोलामा पानीको बहाव नघटेकोले पहिरोले नदी थुनिएको अनुमान गलत रहेको जिल्ला प्रशासनको भनाइ छ।

रेडपाण्डा जोगाउन ‘वन अभिभावक’

सिँजा गाउँपालिका वडा नम्बर २ विष्टवाडा गाउँमा जंगलमा रहेको रेडपाण्डा जोगाउन ‘वन अभिभावक’को व्यवस्था गरिएको छ। वनमा पाइने वन्यजन्तुको संरक्षण गर्ने उद्देश्यले वन ‘वन अभिभावक’को व्यवस्था गरिएको स्थानीय बताउँछन्।

अलैँची जोन क्षेत्र विस्तार

जिल्लाको सिदिन र एकतिनमा २०७३/७४ देखि सुरु गरिएको अलैँची जोन कार्यक्रम विस्तार गरिएको छ। फालेलुङ गाउँपालिकामा पर्ने उक्त क्षेत्रसँगै अहिले पूरै गाउँपालिकामा अलैँची जोन विस्तार गरिएको हो।

स्कुल बसबाट खैरो हेरोइन र नक्कली नोट बरामद

मायादेबी गाउँपालिकाको चाकरचौडा– पकडी सडक खण्डमा स्थानीय लु १ क १५५४ नम्बरको  पिस ग्लोबल इङ्लिस बोर्डिङ स्कुलको बसबाट खैरो हेरोइन र नक्कली नोट बरामद गरिएको छ।

भालुको आक्रमणबाट घाइते

खप्तड छेडेदह गाउँपालिका ३ धुरतोला बस्ने उदे रावत भालुको आक्रमणबाट घाइते भएका छन्। दिउँसो १ बजेतिर गाउँ नजिकैको जंगलमा गएको बेला भालुले आक्रमण गरि घाइते बनाएको छ।

कुशे गाउँपालिकाविरुद्धको रिट उच्च अदालतद्धारा खारेज

कुशे गाउँपालिकाले विद्यालयमा शिक्षक व्यवस्थापन, स्वास्थ्य कृषि र  अन्य स्थानीय कार्यालयहरुमा जनशक्ति व्यवस्थापनका लागि गरेको निर्णय, खर्च गरेको बजेट र गाउँ कार्यपालिका र गाउँसभाको निर्णय अवैध भएको भन्दै परेको रिट उच्च अदालत सुर्खेतले खारेज गरिदिएको छ।

शिक्षक अनुपस्थित भएपछि स्थानीयद्वारा विद्यालयमा ताला

मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिकाको एक विद्यालयमा लामो समयदेखि शिक्षक अनुपस्थित भएको भन्दै स्थानीय अभिभावकले विद्यालयमा ताला लगाएका छन्।

जनप्रतिनिधि र कर्मचारीको लापर्बाहीले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट फिर्ता

रुपन्देहीका रोहिणी गाउँपालिकाबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम फिर्ता गएको छ। सरकारले बेरोजगारी न्यून गर्ने उद्देश्यसहित ल्याएको कार्यक्रम लागू हुन नसकेपछि गाउँपालिकाका बेरोजगार निराश भएका छन्। संघीय सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पठाएको २० लाख रुपैयाँ खर्च गर्न नसकेपछि फिर्ता गएको हो।

संस्थागत सुत्केरी गराउनेलाई भत्ता

नौकुण्ड गाउँपालिकाले संस्थागत रूपमा सुत्केरी गराउनेलाई दुई क्रेट अन्डासँगै ५ सय रुपैयाँ दिने भएको छ।

अक्षयकोषका लागि सहयोग

बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तीस्थित पिपलभन्ज्याङ माविमा अक्षयकोष निर्माणका लागि नगद सहयोग प्रदान गरिएको छ। सोही विद्यालयका पूर्वशिक्षकसमेत रहेका र हाल अमेरिका बस्दै आएका विष्णुकुमार त्रिपाठीले विद्यालयलाई नगद सहयोग गरेका हुन्।

आसैआसमा बिते १९ वर्ष

कैलारी गाउँपालिकास्थित मिलनपुर मुक्त कमैया शिविरमा बस्दै आएकी रमिता चौधरीलाई सरकारले परिचयपत्र दिएको छ। उनलाई मुक्त कमैया परिचयसहितको कार्ड दिइएको छ। तर, अहिलेसम्म उनले बसोबासका लागि आधिकारिक रुपमा जमिन पाएकी छैनन्। जग्गा नभएकाले उनले घर बनाउन सकेकी छैनन्। उनी जंगलछेउको मुक्त कमैया शिविरमा टहरोमा बसेकी छन्।

काठेपुल बगाएपछि क्यूङ गाउँमा सम्पर्क विच्छेद

विकट उत्तरी धादिङको खनियावास गाउँपालिका–२ क्यूङ गाउँबाट अन्य गाउँतर्फ जाने एक मात्र काठेपुल बाढीले बगाएपछि सो गाउँको अन्य गाउँसँग सम्पर्क विच्छेद भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्