१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

दूधमा आत्मानिर्भर बन्न जुट्दै मरिण गाउँपालिका

सिन्धुली - मरिण गाउँपालिका दूधमा आत्मानिर्भर बन्न जुटेको छ। गाउँपालिकाभित्रबाट दूध उत्पादन गरी दूधबाट आफूहरु आत्मानिर्भर बन्न जुटेको गाउँपालिकाले जनाएको छ। किसानलाई जर्सी गाई तथा उन्नत जातको भैंसीपालन गर्न लगाई दूध उत्पादन बढाउने गाउँपालिकाको योजना रहेको छ।

दूध उत्पादन बढाई गाउँपालिकाबाट उत्पादन भएको दूध बाहिरी जिल्ला निर्यात गर्न हामीले योजना नै बनाएर अगाडि बढेका छौं,’ गाउँपालिका प्रमुख पानीराज बम्जनले भने, ‘गाउँपालिकाले २२ लाख लगानीमा जर्सी गाई खरिद गरी किसानलाई वितरण गर्न लागेको छ। उनले गाउँपालिकाको १, २, ३, ४ र ६ नम्बर वडाका किसानलाई जर्सी गाई उपलब्ध गराउन लागेको जनाए। ‘गाईपालनका लागि गाई फर्म नै सञ्चालन गर्ने गरी कार्यविधि बनाएर किसानलाई गाई बाँड्छौं,’ उनले भने, ‘गाउँपालिकाले उपलब्ध गराएको गाईबाट किसानले दूध उत्पादन गर्ने र त्यसको बजारीकरण गाउँपालिकाले गर्ने गरी काम अगाडि बढाएका छौं।’

‘गाईपालनका लागि गाई फर्म नै सञ्चालन गर्ने गरी कार्यविधि बनाएर किसानलाई गाई बाँड्छौं,’ उनले भने, ‘गाउँपालिकाले उपलब्ध गराएको गाईबाट किसानले दूध उत्पादन गर्ने र त्यसको बजारीकरण गाउँपालिकाले गर्ने गरी काम अगाडि बढाएका छौं।’

गाउँपालिकाले पाँच वडाका ५० कृषक छनोट गरी गाईपालनलाई बढाउन लागेको हो। ‘विशेषगरी अति विपन्न द्वन्द्वपीडित तथा एकल महिलाको आयआर्जनमा वृद्धि गराउन हामीले त्यही वर्गका किसानलाई गाई उपलब्ध गराउने गरी किसान छनोट गरेका छौं,’ गाउँपालिका प्रमुख बम्जनले भने, ‘स्थानीय सरकारले वास्तविक गरिबलाई आयआर्जन गर्न सहयोग गर्ने उद्देश्य हो।’

राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्ग त्यही गाउँपालिका हुँदै निर्माणाधीन रहेकाले राजमार्ग बनेपछि अन्य क्षेत्रबाट सामान लिएर आउने गाडीलाई रित्तै नभएर भरी पठाउन कृषि क्षेत्रमा लगानी गर्न लागेको गाउँपालिकाले जनाएको छ।

‘हाम्रो गाउँपालिकामा पछिल्लो समय कृषिमा काम गर्ने कृषक बढेको पाइएको छ,’ एक होटल व्यवसायीले भने, ‘तरकारी तथा दूध धेरैजसो स्थानीय नै आउन थालेको छ।’

उनले केही वर्षअघिसम्म होटल सञ्चालन गर्नका लागि आवश्यक तरकारी सबै बाहिरबाट आउने भए पनि हाल स्थानीय किसानले नै उत्पादन गर्न थालेको बताए। ‘गाउँपालिकाले पनि कृषि क्षेत्रमा ठूलै लगानी गरेको छ, लगानी अनुसारको उत्पादन अझै भएको छैन, तर पहिलाको भन्दा हाल उत्पादन बढेको पाइएको छ,’ उनले भने। गाउँपालिकाले सामान लिएर आउने गाडीलाई खाली फर्कन नदिने अठोट गरेको छ। ‘दूध तथा तरकारीजन्य वस्तुले गाडी भरेर पठाउछौं,’ गाउँपालिका प्रमुख बम्जनले भने, ‘त्यसैको लागि कृषि क्षेत्रमा लगानी गरिएको हो।’ कृषि क्षेत्रको पहिलो काम गाउँपालिका दूधमा आत्मानिर्भर बनेर बाहिर निर्यात गर्नसक्ने बनाउनु नै हो,’ उनले थपे।

प्रकाशित: २९ भाद्र २०७६ ०३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App