ताप्ली गाउँपालिका कार्यालयमा बम विष्फोट, अध्यक्ष र उपाध्यक्ष कार्यकक्षमा क्षति
उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा आईतबार विहान शक्तिशाली बम विष्फोट भएको छ।
उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा आईतबार विहान शक्तिशाली बम विष्फोट भएको छ।
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङमा पहिलो दिन चार जनामा देखिएको कोरोना भाइरस अहिले समुदायस्तरमै फैलिएको छ।
सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत धनकुटाको सहिदभूमि गाउँपालिकाका १ सय ९८ घरधुरी फुसको छानोमुक्त भएका छन्।
गहुँ खेतीको विस्तारका लागि यशोधरा गाउँपालिकाले पालिकाका ८ वडामा रहेका ३२ अगुवा कृषकलाई उन्नत जातको गहुँको बीउसहितका सामाग्री प्रदान गरेको छ।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गाउँपालिका प्रहरी भर्नाको तयारी गरेको छ।
केन्द्र विषयमा विवाद भएपछि असन्तुष्ट पक्षले लगाएको बैतडीको सुर्नया गाउँपालिकाको ताला २१ दिनपछि खुलेको छ।
कास्कीको रुपा गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ। नेपालस्थित भारतीय दूतावासले रुपा गाउँपालिकालाई उपहार स्वरुप एम्वुलेन्स दिएपछि गाउँपालिकाले सो एम्वुलेन्स सञ्चालनमा ल्याउन लागेको हो।
गोरखाको गण्डकी गाउँपालिकाले शनिबार बोलाएको गाउँसभा पुनः स्थगित भएको छ ।
असार १० गते भित्र ल्याउनुपर्ने नीति कार्यक्रम र असार मसान्त भित्र ल्याउनुपर्ने बजेट गोरखाको गण्डकी गाउँपालिकाले अझै ल्याउन सकेको छैन। अन्तर सरकारी बित्त ब्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय सरकारले साउनदेखि चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेट अनुसार काम गर्नुपर्छ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका ३ लुम गाउँकी एक ४२ वर्षीया महिलामा कोराना भाइरसको संक्रमण पुष्टि भएपछि गाउँपालिका नै सिल गरिएको छ । बिहिबारदेखि लागु हुने गरि तीन दिन सम्म गाउँपालिका सिल गरिएको कनकासुन्दरी गाउँपालिकाले जनाएको छ ।
खोटाङमा योजना फर्स्यौटकाक्रममा कमजोरी हुँदा विद्यालयका प्रअले पद गुमाएपछि निमित्त प्रअले योजना फर्स्यौट गरेका छन्।
खोटाङको बराहपोखरी गाउँपालिकाले आफ्नै भवन बनाएको छ । स्थानीय तह कार्यान्वयनमा आएको तीन वर्षपछि बराहपोखरी गाउँपालिकाले ‘ई’ आकारको आफ्नै भवन निर्माणको काम पुरा गरेको हो ।
बाँकेको खजुरा गाउँपालिकाले अनुगमनको भत्ता कटौती गरी कृषिमा लगानी गर्ने भएको छ। गाउँपालिकाको सातौँ गाउँसभामा वडा नं २ का अध्यक्ष देवीलाल खनालले अनुगमनको भत्ता कटौती गर्न राखेको प्रस्ताव सभाबाट पारित भई उक्त रकम कृषिमा लगानी गरिने निर्णय भएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए।
नौमुले गाउँपालिकामा के महिला के पुरुष । असार अन्त्यतिर लाग्दा लाम लस्कर लागेर धमाधम काम गरिरहेको दृश्य उत्साहजनक देखिन्छ ।
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले दुई वर्षमुनिको बालबालिकालाई प्रोत्साहन भत्ता वितरण सुरु गरेको छ ।