१२ मंसिर २०८१ बुधबार
image/svg+xml

औषधि निःशुल्क दिइने नीति

बाजुराको गौमूल गाउँपालिकाको सातौँ गाउँ सभाले सबै वडामा रहेका स्वास्थ्य संस्थाहरुबाट एक सय १० प्रकारका औषधि निःशुल्क दिने नीति अघि सारेको छ।

गाउँपालिकाद्वारा विद्यालयलाई अनुदान

लकडाउन चलिरहेको बेला मकवानपुरको मनहरि गाउँपालिकाको शिक्षा समितिको सम्पन्न बैठकले सो गाउँपालिकाअन्तर्गतको विद्यालयको विकासका लागि अनुदान दिने निर्णय गरेको छ।

गाउँपालिकाले आफ्नै शिक्षक राख्ने

पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिकाले निजी शिक्षकको समस्या अन्त्य गर्ने भएको छ । आ.व. २०७७/७८ को लागि गाउँपालिकाले पेश गरेको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालय तर्फ रहेका निजी शिक्षकहरुको अन्त्य गर्ने उल्लेख गरेको हो ।

हाकुमा पहिलो पटक पुग्यो मोटर

आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत हाकुको विकट स्थान नेशिङ गाउँमा पहिलो पटक मोटर गुडेको छ। उक्त गाउँका बासिन्दालाई यातायातको सुविधा पुर्‍याउने उद्देश्यले गाउँपालिकाबाट छुट्टयाइएको ७० लाख रुपैयाँ बजेटबाट ग्रे गाउँदेखि नेशिङसम्म करीब आठ किलोमिटर मोटरबाटोको ट्रयाक निर्माण गरी सवारी साधन गुडाइएको गाउँपालिका अध्यक्ष बुचुङ तामाङले जानकारी दिए।

जनप्रतिनिधिको ४० लाख तलबभत्ता गाउँपालिकाको कोरोना कोषमा

जिल्लाको दक्षिणी सैलुङ गाउँपालिकाका सबै जनप्रतिनिधिले आफ्नो सरकारी सुविधा वापतको ४० लाख रुपैयाँ रकम गाउँको कोरोना नियन्त्रण तथा रोकथाम कोषमा हाल्ने निर्णय गरेका छन् ।

रुपा गाउँपालिका योजना ‘कृषि वर्ष’ मनाउने

कास्कीको रुपा गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै आर्थिक वर्षलाई कृषि वर्षको रुपमा मनाउने जनाएको छ । ४३ करोडको बजेट सार्वजनिक गरेको गाउँपालिकाले कृषिको लागि १ करोड १६ लाख रुपैयाँ छुट्टाएको छ ।

नीति तथा कार्यक्रमका लागि परामर्श लिँदै गाउँपालिका

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि परामर्श तथा सुझाव संकलन सुरु गरेको छ । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटलाई चुस्तदुरुस्त र फलदायी बनाउनका लागि गाउँपालिकाले राजनैतिक दल, पूर्वनिर्वाचित जनप्रतिनिधि, बौद्धिक वर्ग, शिक्षक, अगुवा कृषक, गैर–सरकारी संघसंस्था, पत्रकार लगायतसँग अन्तरक्रीयाका माध्यमबाट आवश्यक राय सुझाव संकलन सुरु गरेको हो ।

पर्यटकीय पूर्वाधार निर्माणमा जहिल्यै भारतीय अवरोध

फालेलुङ गाउँपालिकाको आहाल भन्ने ठाउँमा वन डिभिजन कार्यालय पाँचथरको सहयोगमा स्थानीय कबुलियती वन उपभोक्ता समितिले भवन बनाउन लाग्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध ग-यो।

नीति तथा कार्यक्रम निर्माणमा गाउँपालिका

खोटाङको खोटेहाङ गाउँपालिका आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एबं योजना निर्माणमा जुटेको छ । आर्थिक वर्ष २०७७/०७८ का लागि गाउँपालिकाले विषयगत समिति र सरोकारवालासँग अन्तरक्रीया गर्दै नीति तथा कार्यक्रम एबं योजनालाई अन्तिम रुप दिने तयारी थालेको हो ।

अलपत्र परेकालाई उद्धार जारी

जुम्लाको तिला गाउँपालिकाले रुपैडियादेखि महेन्दनगरको गड्डाचौकी सीमानाकामा अलपत्र परेका गाउँवासीलाई उद्धार गर्नेक्रम जारी राखेको छ।

किसानको तरकारी किन्दै गाउँपालिका

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले लकडाउनको मारमा परेका किसानको ५४ हजारभन्दा बढि मूल्यको तरकारी किनिदिएका छन् ।

कृषि योजना तथा कार्यक्रम निर्माणमा गाउँपालिका

खोटाङको खोटेहाङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कृषि योजना तथा कार्यक्रम निर्माणको तयारी थालेको छ । कोरोना भाइरसका कारण निम्तिएको संकटका समयमा गाउँपालिकाबासीलाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यकासाथ गाउँपालिकाले कृषि योजना तथा कार्यक्रम निर्माणको तयारी थालेको हो ।

आरडिटी पोजेटिभ देखिएपछि गाउँपालिका सिल

दुई कर्मचारीको आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि खोटाङको ऐसेलुखर्क गाउँपालिकालाई सिल गरिएको छ ।

व्यासीको कथा: सुन्दरताभित्र गुम्सिएको पीडा

सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं व्यास–१ छाङ्रुका स्थानीयवासी गेल्बुसिंह बोहराले सामाजिक सञ्जालमा लेखे, “फूलैफूल मात्र पनि होइन रैछ जीवन, बोर्डरमा बस्नेको अनुभव (पीडा) पनि हो रैछ जीवनः सन्दर्भ व्यासी सौकाको बसाइँसराइ (कुञ्चा)।”

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्