११ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

गहुँको क्षेत्र विस्तारका लागि यशोधरा गाउँपालिकाद्वारा कृषकलाई बीउ

गहुँ खेतीको विस्तारका लागि यशोधरा गाउँपालिकाले पालिकाका ८ वडामा रहेका ३२ अगुवा कृषकलाई उन्नत जातको गहुँको बीउसहितका सामाग्री प्रदान गरेको छ। पालिको बैदौली स्थित कार्यालयमा गाउँपालिका प्रमुख गिरीजेशकुमार पाण्डेयले उनीहरुलाई बीउ हस्तान्तरण गरेका हुन्।  

३२ जना आगुवा कृषकहरुलाई ४०/४० केजी गहुँको बीउ, जैविक मल ११५/११५ केजी, किटनाशक विषादी २/२ बोतल, जिन्क २/२ केजी र सूचना बोर्ड १/१ थान प्रदान गरिएको थियो। प्राविधिक सहयोगसहित नमुना गहुँ खेती प्रदर्शन उद्देश्यले अगुवा कृषकलाई उन्नत जातको गहुँको बीउ उपलब्ध गराईएको पालिका प्रमुख पाण्डेयले बताए।  

‘हामीले गहुँ खेतीको विस्तार गर्न यो कार्यक्रम गरेका हौ’ उनले भने। सो अवसरमा गहुँ बालीको प्रदर्शन कार्यक्रम समेत गरिएको थियो। यशोधरा गाउँपालिकाका प्रमुख पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कन्यावती उपाध्याय, पशुविकास अधिकृत अब्दुल सलाम, कृषि विकास अधिकृत निरन्जनकुमार तिवारी, प्रशासन शाखा प्रमुख श्री रेशमराज शर्मा र सूचना प्रविधि अधिकृत श्री अनिलकुमार ओझाको सहभागिता रहेको थियो।

प्रकाशित: २५ कार्तिक २०७७ १२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App