१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गण्डकी प्रदेशमा बजेट नल्याउने गण्डकी गाउँपालिका मात्रै

असार १० गते भित्र ल्याउनुपर्ने नीति कार्यक्रम र असार मसान्त भित्र ल्याउनुपर्ने बजेट गोरखाको गण्डकी गाउँपालिकाले अझै ल्याउन सकेको छैन। अन्तर सरकारी बित्त ब्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय सरकारले साउनदेखि चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेट अनुसार काम गर्नुपर्छ। गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विषयमा गाउँसभामा बिवाद भएपछि बजेट ल्याउन नसकिएको गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले बताए। ‘प्रशासनिक भबन कहाँ बनाउने भन्ने विषयमा सहमती जुटेन’ उनले भने ‘भबन बन्ने ठाउँ यकिन गरेपछि बजेट ल्याउने भन्दै केही सदस्यले बिरोध गर्नुभयो।’ गाउँपालिकाको केन्द्र बिवादले चालु आर्थिक वर्षको बजेट आउन नसकेको हो। सहमतीको प्रयास भईरहेको अध्यक्ष रानाले बताए।  

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेवसाईटमा गण्डकी प्रदेशको तीनवटा गाउँपालिकाले बजेट नल्याएको बिवरण छ। तनहुँदको ऋषिङ्ग गाउँपालिका र मुस्ताङको लोमान्थाङ गाउँपालिकाले बजेट अझै ल्याउन नसकेको उल्लेख छ। ऋषिङ्ग गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले असार भित्रै बजेट ल्याएको मन्त्रालयको वेवसाईटमा बिवरण गतल भएको बारे आफुले तत्काल जानकारी लिने बताए। मुस्ताङको लोमान्थाङ गाउँपालिकाले बजेट ल्याइसकेको र मन्त्रालयका आधिकारीक ब्यक्तिलाई बिवरण टिपाउँदा पनि वेवसाईटमा गलत सुचना उल्लेख भएको जनाएको छ।  

पालिकाहरुले जनाए अनुसार ८६ पालिका रहेको गण्डकी प्रदेशमा गोरखाको गण्डकी गाउँपालिका बाहेक ८५ वटा पालिकाले बजेट ल्याइसकेका छन्। नेपाल कम्यूनिष्ट पार्टीबाट बिजयी जनप्रतिनिधिले अहिले भएको भन्दा फरक ठाउँमा केन्द्र हुनुपर्ने बताएका छन् भने कांग्रेस निकट जनप्रतिनिधिले साविककै ठाउँमा केन्द्र हुनुपर्ने माग राखेका छन्।

प्रकाशित: ९ भाद्र २०७७ ०६:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App