२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

बराहपोखरी गाउँपालिकाले बनायो आफ्नै भवन

बराहपोखरी गाउँपालिकाको प्रि–फ्याव भवन । तस्बिर : नागरिक

खोटाङको बराहपोखरी गाउँपालिकाले आफ्नै भवन बनाएको छ । स्थानीय तह कार्यान्वयनमा आएको तीन वर्षपछि बराहपोखरी गाउँपालिकाले ‘ई’ आकारको आफ्नै भवन निर्माणको काम पुरा गरेको हो । स्थानीय तह कार्यान्वयनमा आएसँगै भाडाको घरबाट सञ्चालन हुँदै आएको गाउँपालिकाको काम आफ्नै भवनबाट सुरु गरिएको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए ।  

निर्माण कम्पनी रामसागर विल्डर्सले ९८ लाख रुपैयाँमा गाउँपालिकाको प्रि–फ्याव भवन निर्माण गरेको हो । बराहपोखरी गाउँपालिका–४ फाक्टाङस्थित धर्तुङमा सभाहल, न्यायीक समितिको इजलास, अध्यक्ष/उपाध्यक्षको कार्यकक्ष, प्रशासनिक फाँट, विषयगत समितिका कार्यकक्ष लगायतका छुट्टा–छुट्टै कोठा भएको भवन निर्माण गरिएको हो । 

भवन निर्माणका लागि गाउँपालिकाले गत आर्थिक वर्ष ७५ लाख र चालु आर्थिक वर्ष २३ लाख बजेट बिनियोजन गरेको थियो । कोभिड–१९ को महामारीका कारण गाउँपालिकाको भवन निर्धारित समयमा पुरा गर्न नसकिएको अध्यक्ष बञ्जराले बताए ।

प्रकाशित: ३० असार २०७७ ११:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App