१० असार २०८३ बुधबार
image/svg+xml
खेल

कोलम्बिया विश्वकप फुटबलको नकआउट चरणमा, कंगो १–० ले पराजित

फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको खेलमा कोलम्बियाले डिआर कंगोलाई १–० ले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। योसँगै कोलम्बिया अन्तिम ३२ मा प्रवेश गरेको छ। दुई खेलबाट उसको ६ अ‌क भएको छ र समूह 'के' को शीर्ष स्थानमा रहेको छ। 

सोही समूहमा रहेको पोर्चुगलको चार, कंगोको एक र उज्वेकिस्तानको शुन्य अंक छ। सबैले अब लिग चरणमा अन्तिम खेल खेल्न बाँकी छ। 

ग्वाडालाहारामा सम्पन्न खेलमा कोलम्बियाले सुरुवातदेखि नै खेलमा नियन्त्रण जमाएको थियो। बल पजेसन र आक्रमण दुवैमा हावी देखिए पनि पहिलो हाफमा गोल गर्न भने सफल हुन सकेन।

निर्णायक गोल ७६ औँ मिनेटमा ड्यानियल मुन्योसले गरेका थिए। उनको गोलपछि कोलम्बियाले खेललाई नियन्त्रणमा राख्दै अग्रता जोगाउन सफल भयो।

डिआर कंगोले बराबरी फर्काउने केही प्रयास गरे पनि कोलम्बियाको रक्षापंक्ति मजबुत देखियो। विशेषगरी अन्तिम क्षणहरूमा कंगोले दबाब बढाए पनि फिनिसिङ कमजोर हुँदा गोल गर्न सकेन।

खेल सकिने समय नजिकिँदै जाँदा कोलम्बिया समर्थकहरूले खेल समाप्तिको माग गर्दै उत्साहपूर्ण वातावरण बनाएका थिए। अन्ततः रेफ्रीले सिटी बजाउँदै खेल समाप्त गरेपछि कोलम्बियाको १–० को जित सुनिश्चित भयो।

प्रकाशित: १० असार २०८३ ०९:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App