१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

रुपाको आफ्नै एम्बुलेन्स

कास्कीको रुपा गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ। नेपालस्थित भारतीय दूतावासले रुपा गाउँपालिकालाई उपहार स्वरुप एम्वुलेन्स दिएपछि गाउँपालिकाले सो एम्वुलेन्स सञ्चालनमा ल्याउन लागेको हो। महात्मा गान्धीको १५१ औँ जन्म जयन्तीका अवसरमा भारतीय दूतावासले रुपा गाउँपालिकालाई एम्वुलेन्स उपहार दिएको थियो। कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद खगराज अधिकारीको पहलमा भारतीय दूतावासबाट प्राप्त सो एम्वुलेन्सको चावी अधिकारीले गाउँपालिका अध्यक्ष नवराज ओझालाई हस्तान्तरण गरे। हस्तान्तरित एम्वुलेन्स १ हप्ताभित्र सञ्चालनमा आउने अध्यक्ष ओझाले बताए। यद्वपी कोभिड–१९ केन्द्रीत गरेर अहिलेपनि रुपाले एम्वुलेन्स भाडामा सञ्चालन गरिरहेको छ।

रुपाले आफ्नै एम्वुलेन्स सञ्चालनमा ल्याएपछि स्थानीयले सहजै एम्वुलेन्स पाउने अपेक्षा गरिएको छ। यसअघी गाउँपालिकाको आफ्नै एम्वुलेन्स नहुँदा पोखराबाट मगाउनुपर्ने बाध्यता रहेको थियो। जसका कारण विरामीले समयमा एम्वुलेन्स नपाउनुका साथै कतिपय अवस्थामा एम्वुलेन्स ढिला पुग्दा विरामीको ज्यानसमेत गरेको थियो।

एम्वुलेन्स सञ्चालनसँगै स्थानियले चाहेको समयमै एम्वुलेन्स पाउने गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए। यसअघी पोखराबाट एम्वुलेन्स ल्याउनुपर्ने बाध्यता थियो,‘उनले भने,‘अब त्यो बाध्यता हटेको छ, जसका कारण विरामीले समयमै उपचार पाउने विश्वास लिएको छु।’ उनले एम्वुलेन्सको अभावमा विरामीले अबदेखि उपचारबाट बञ्चित हुनुनपर्ने बताए।

अध्यक्ष ओझाले कार्यविधि बनाएर एम्वुलेन्स सञ्चालन गर्ने तयारी गरिएको बताए। गाउँपालिका आफैँले एम्वुलेन्स सञ्चालन गर्छ,‘उनले भने,‘सहुलियत दर तय गरेर एम्वुलेन्स सञ्चालन गर्छौं।’ उनले हालको दर रेटमा ५० प्रतिशत कममा सेवा दिने तयारीमा गाउँपालिका रहेको बताए।

गाउँपालिकाले पाँच शय्याको अस्पताल सञ्चानमा ल्याइसकेको छ। यसलाई १५ शैयाको पुर्याउउने योजना बनाइएको गाउँपालिका अध्यक्ष ओझाले बताए। ‘एक जना विशेषज्ञ चिकित्सकसहित चालू आर्थिक वर्षबाटै अस्पतालको स्तरोन्नती गरी १५ शय्यामा विस्तार गर्ने भनेर बजेट छुट्याईसकेका छौं’–उनले भने।

 

प्रकाशित: १९ आश्विन २०७७ १०:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App