१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कोराना कहर : कनकासुन्दरी गाउँपालिका सिल

जुम्लाको कनकासुन्दरी गाउँपालिका ३ लुम गाउँकी एक ४२ वर्षीया महिलामा कोराना भाइरसको संक्रमण पुष्टि भएपछि गाउँपालिका नै सिल गरिएको छ । बिहिबारदेखि लागु हुने गरि तीन दिन सम्म गाउँपालिका सिल गरिएको कनकासुन्दरी गाउँपालिकाले जनाएको छ । अत्यन्त जनसम्पर्क हुने कार्यालय गाउँपालिका, वडा कार्यालय, गाउँपालिका अन्र्तगतका विषयगत शाखा, बैंक, सार्बजनिक स्थल, बजार र गाउँहरू पुर्ण रुपमा सिल गर्ने कार्यापालिका बैठकले निर्णय गरेको हो ।

स्थानीयलाई यो अवधि भित्र पुर्ण रुपमा घरमै बस्न आग्रह गरिएको गाउँपालिकाका रोजगार संयोजक हंसराज न्यौपानेले जानकारी दिए । गाउँपालिका भित्रको वडामा संक्रमित भेटिएपछि समुदाय स्तरमा कोराना संक्रमण फैलिएको हुुन सक्ने आशंक गर्दै गाउँपालिकाले पिसिआर परीक्षण  कार्यलाई फराकिलो बनाउन आग्रह गरिएको छ । कोराना संक्रमित महिला उपचार गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आएकी थिइन् ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले कनकासुन्दरी गाउँपालिका ३ लुम गाउँको पुर्वमा मालिकाबोता, पश्चिममा विराट, उत्तरमा कालाकाँधा लेक, तथा दक्षिणमा गोठिज्युला बजारको चार किल्ला भित्रको क्षेत्रमा औषधि पसल र स्वास्थ्य सेवा बाहेकका सम्पुर्ण क्रियाकलाप बन्द गर्न निर्देशन गरेको छ । बिहिबार बिहान ६ बजे देखि अर्को निर्णय नभए सम्मका लागि संक्रामक रोग ऐन २०२० को २(२) तथा स्थानीय प्रशासन ऐन २०२८ दफा ६ (३) बमोजिम निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।  

यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा भर्ना भइ निको भएर फर्किएका ३ जनामा कोराना भेटिएको थियो । समुदाय स्तरमा कोराना संक्रमण फैलिएको हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय जुम्लाले उच्च सतर्कता अपनाउनको लागि जुम्लाबासीलाई आग्रह गरिएको छ । घरबाहिर निस्कदा मास्कको र सेनिटाइजर प्रयोग गर्न र नियमित रुपमा साबुनपानीले हात धुन आग्रह गरिएको थियो । कोराना संक्रमण हुुन सक्ने शंका हुने बित्तिकै नजिकैको स्वास्थ्य संस्था र अस्पतालमा चेकजाँचका लागि लैजान समेत सचेत गराइएको छ ।  

पछिल्लो समयमा जिल्ला बाहिरबाट आउने सिधैँ क्वारेन्टिनमा नभई घरमा फर्किन थालेपछि संक्रमणको उच्च जोखिम बढेको हो । यहाँका क्वारेन्टिन सबै रित्तो छन् ।

प्रकाशित: २२ श्रावण २०७७ १५:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App