२४ वैशाख २०८१ सोमबार
image/svg+xml

ओली ससर्त पुरानो कमिटी ब्युँताउन तयार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेर पुरानो पार्टी कमिटी ब्युँताउन तयार रहेको बताएका छन्। आइतबार साँझ पार्टी अध्यक्षका तर्फबाट वक्तव्य जारी गर्दै ओलीले एमालेलाई २०७५ साल जेठ ३ गतेपूर्वको अवस्थाबाट अगाडि बढाइने जनाएका छन्। तर त्यसका लािग विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनबाट एमाले सांसदको हस्ताक्षर फिर्ता लिनुपर्ने प्रस्ताव गरेका छन्।

‘ससर्त पुरानो कमिटी ब्युँताउन ओली तयार’

माधव नेपाल समूहले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताई पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको घोषणा गर्न ओली सहमत भएको एमाले उच्च स्रोतले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्