१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमा

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि परेको मुद्दा संवैधानिक इजलासमा पठाइने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलास उक्त मुद्दा शुक्रबार गठन हुने संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो।

संवैधानिक निकायमा ४५ जनाको नाम सिफारिस, अख्तियार प्रमुखमा प्रेम राई

संवैधानिक निकायमा रिक्त ४५ सदस्यको नाम संसदमा दर्ता भएको छ। सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेम राईलाई सिफारिस गरेको स्रोतले जनाएको छ।

प्रधानमन्त्रीको कदम संवैधानिक 'कू': डा. शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले संवैधानिक 'कू' गरेको बताएका छन्। नेपाल प्रेस युनियन मोरङले आइतबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा कोइरालाले संविधान विपरित प्रधानमन्त्रीले चालेको कदम संवैधानिक 'कू' भएको बताएका हुन्।

प्रधानन्यायाधीश नआउने सूचना पाएपछि संवैधानिक परिषदको बैठक स्थगित

संवैधानिक परिषदको बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज ५ बजेलाई बैठक बोलाएका थिए।

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन्। नेकपा भित्र संवैधानिक परिषद सम्वन्धी अध्यादेश फिर्ता लिने सहमति गरेका ओलीले त्यसको भोलिपल्ट नै बैठक बोलाएका हुन्। साँझ ५ बजेका लागि बैठक बोलाइएको हो।

अब रक्षात्मक अवस्थामा ओली

ओली आफ्नो अडानबाट पछि सरेपछि अध्यादेश र विशेष अधिवेशनसम्बन्धी प्रस्ताव फिर्ता लिएर सहमति खोज्ने निर्णय नेकपा स्थायी कमिटी बैठकले गरेको छ।

स्थायी कमिटीमा ओलीले भने : संवैधानिक निकायका नियुक्तिबारे कुनै निर्णय भएको छैन

नेकपा स्थायी कमिटी बैठक पुस ५ गते सम्का लागि स्थगित भएको छ। वुधबारको बैठकमा लामो प्रयास पछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागि भएका थिए।पार्टीको केन्द्रीय कमिटीको बैठक पुस १० गतेका लागि बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

अध्यादेश फिर्ता लिन ओली तयार, विशेष अधिवेशनको माग नगर्न आग्रह

प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्वन्धी अध्यादेश फिर्ता लिने सोचमा पुगेका छन्। बुधबार ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच भएको दोस्रो भेटपछि अध्यादेश फिर्ता लिने सहमति नजिक ओली पुगेको एक नेताले बताए।

नेकपा स्थायी कमिटी बैठक सुरु, ओली पनि सहभागि

नेकपा स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली पनि सहभागि भएका छन्। आज मध्यान्हलाई बोलाइएको बैठक बोलाइए पनि बैठक बस्न सकेको थिएन।

संवैधानिक परिषदसम्वन्धी अध्यादेश, सरकारको स्वेच्छाचारी कदम : जसपा

जनता समाजवादी पार्टी (जसपा) ले संवैधानिक परिषदसम्वन्धी अध्यादेश फिर्ता लिन माग गरेको छ। जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यादेश तुरुन्त फिर्ता लिई संघीय संसदको हिउँदे अधिवेशन बोलाउन माग गरिएको छ।

देउवालाई गगन थापाको ‘विनम्र अनुरोध’ : संवैधानिक परिषद् बैठक अस्वीकार गरौं

कांग्रेस केन्द्रीय सदस्य थापाले सभापति देउवालाई संसद र सडकबाट अध्यादेश फिर्ता गर्न बाध्य पार्न आग्रह गरेका हुन्।

‘राष्ट्रपति प्रधानमन्त्रीको कारिन्दाजस्तो देखिइन्, महाभियोग लगाएर हटाऔं’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले ‘संविधानको भावनाविपरीत’ संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली दुवैलाई पदबाट हटाउनुपर्ने आवाज उठाएको छ।

अध्यादेशको सहारा खोज्दै ओली

सरकारले संघीय संसद्को हिउँदे अधिवेशन नबोलाई अध्यादेशमार्फत शासन चलाउन सुरु गरेको छ। आफ्नै पार्टीभित्र अप्ठेरोमा पर्दै गएपछि नेकपाको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सर्वोच्च निकाय संसद्लाई बन्धक बनाएर अध्यादेश ल्याएका छन्।

ओली कदमले नेकपा संकटमा

आन्तरिक विवादबारे स्थायी कमिटीमा छलफल गर्ने तयारी भइरहेका बेला नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि पार्टी अघोषित विभाजनको संघारमा उभिएको छ। पार्टीका आन्तरिक बैठकमा अल्पमतमा पर्दै आएका ओलीले सहमतिको बाटो रोज्नुभन्दा विवाद बढाउने काम गरेपछि शीर्ष नेताहरूले पार्टी विभाजनतर्फ उन्मुख भएको बताउन थालेका छन्।

संवैधानिक परिषदको बैठक सकियो, नियुक्तिबारे छलफल

संवैधानिक परिषदको बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विभिन्न संवैधानिक नियकायमा रिक्त पदाधिकारी नियुक्तिबारे छलफल भएको राष्ट्रिय सभाका अध्यक्षका प्रेस विज्ञ असोक पौडेलले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्