८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन्। नेकपा भित्र संवैधानिक परिषद सम्वन्धी अध्यादेश फिर्ता लिने सहमति गरेका ओलीले त्यसको भोलिपल्ट नै बैठक बोलाएका हुन्। साँझ ५ बजेका लागि बैठक बोलाइएको हो।

वुधबार बसेको नेकपा स्थायी कमिटीले अध्यादेश फिर्ता लिने सहमति गरेको थियो। आज नै प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक पनि बोलाएका छन्।

अध्यादेश जारी गरेकै दिन बोलाइएको बैठकमा प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधीश मात्र उपस्थित भएका थिए। उक्त बैठकले कुनै निर्णय गरेको थिएन।

संवैधानिक परिषदमा विपक्षी दलका नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र प्रधानन्यायाधीश सदस्य रहन्छन्।  

 

 

प्रकाशित: २ पुस २०७७ ०९:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App