coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संवैधानिक परिषदसम्वन्धी अध्यादेश, सरकारको स्वेच्छाचारी कदम : जसपा

जनता समाजवादी पार्टी (जसपा) ले संवैधानिक परिषदसम्वन्धी अध्यादेश फिर्ता लिन माग गरेको छ। जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यादेश तुरुन्त फिर्ता लिई संघीय संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेका छन्।

सरकारले मंगलबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश ल्याएको थियो।  

'अध्यादेशले सार्वभौमसत्ता सम्पन्न नेपाली जनाताको सर्वोच्न निकाय जनप्रतिनिधि संस्था संघीय व्यवस्थापिका संसदलाई नै उपेक्षा गरी विधिको शासन विपरित षड्यन्त्रपूर्वक ढंगले सर्वसत्तावादी तथा आफ्नो स्वेच्छाचारी शासन चलाउन र संवैधानिक निकायहरुलाई नियन्त्रणमा लिन संविधानको भावना र मर्ममाथि नै प्रहार गरेको छ', विज्ञप्तिमा भनिएको छ।

सरकारको कदमले संसदीय लोकतान्त्रिक प्रणालीलाई नै चुनौती दिनुका साथै लोकतान्त्रिक गणतन्त्रलाई नै धरापमा पारेको जसपाको बुझाई छ। उसले यसलाई सरकारको गैर-लोकतान्त्रिक र स्वेच्छाचारी कदम भनेको छ।

 

प्रकाशित: १ पुस २०७७ १०:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App