coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानन्यायाधीश नआउने सूचना पाएपछि संवैधानिक परिषदको बैठक स्थगित

संवैधानिक परिषदको बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज ५ बजेलाई बैठक बोलाएका थिए।

मंगलबार सरकारले संवैधानिक परिषदसम्वन्धी अध्यादेश ल्याएको थियो। अध्यादेशको सत्तारुढ नेकपा र बाहिर पनि ब्यापक विरोध भएको थियो। बिहीबार बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरे पनि ओलीले आजलाई संवैधानिक परिषदको बैठक बोलाएका थिए।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले नजाने बताएका थिए। यस अघि देउवा र सभामुख अग्नि सापकोटा बैठकमा गएका थिएनन्। स्रोतका अनुसार आजको बैठकमा प्रधानन्यायाधीश पनि अनुपस्थित हुने हुने भएपछि स्थगित गरिएको हो।

'बैठकमा प्रधानन्यायाधीश पनि नआउने देखिएपछि बैठक स्थगित भएको हो', स्रोतले भन्यो, 'नेकपाका नेताहरुले पनि सहमति विपरित बैठक बोलाएको भन्दै विरोध गरे। त्यसले पनि अप्ठ्यारो पर्यो।'

अध्यादेश जारी गरेकै दिन बोलाइएको बैठकमा प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधीश मात्र उपस्थित भएका थिए। उक्त बैठकले कुनै निर्णय गरेको थिएन।

संवैधानिक परिषदमा विपक्षी दलका नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र प्रधानन्यायाधीश सदस्य रहन्छन्।  संवैधानिक परिषद अध्यादेश जारी गरेपछि त्यसका विरुद्ध रिट पनि परेको छ।

 

 

प्रकाशित: २ पुस २०७७ ११:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App