१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

देउवालाई गगन थापाको ‘विनम्र अनुरोध’ : संवैधानिक परिषद् बैठक अस्वीकार गरौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले आफ्ना सभापति शेरबहादुर देउवालाई उपसभामुख बिनाको संवैधानिक परिषद् बैठक अस्वीकार गर्न ‘विनम्र अनुरोध’ गरेका छन्।  

उपसभामुखको निर्वाचन नगरेसम्म संसदको गतिविधि ठप्प पार्न अनुरोध गर्दै कांग्रेस केन्द्रीय सदस्य थापाले सभापति देउवालाई संसद र सडकबाट अध्यादेश फिर्ता गर्न बाध्य पार्न आग्रह गरेका हुन्।  

बुधबार सामाजिक सञ्जालमा लेखेर सांसद थापाले देउवालाई संविधानको धारा ९३(३) अनुसार संसद अधिवेशनका लागि आजै निवेदन दिन पनि अनृुरोध गरेका छन्।  

आज बैठक बस्दै हुनुहुन्छ। फेरि विनम्र अनुरोध,’ थापाले ट्विट गरेका छन्, ‘संविधानको धारा ९३ (३)अनुसार संसद अधिवेशनका लागि आजै निवेदन दिऔं। उपसभामुखको निर्वाचन नगरेसम्म संसदको गतिविधि ठप्प गरौं।’ 

अगाडि भनेका छन्, ‘उपसभामुख बिनाको संवैधानिक परिषद बैठक अस्वीकार गरौं। संसद र सडकबाट यो अध्यादेश फिर्ता गर्न बाध्य पारौं।’ 

प्रकाशित: १ पुस २०७७ ०९:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App