१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अध्यादेश फिर्ता लिन ओली तयार, विशेष अधिवेशनको माग नगर्न आग्रह

प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्वन्धी अध्यादेश फिर्ता लिने सोचमा पुगेका छन्। बुधबार ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच भएको दोस्रो भेटपछि अध्यादेश फिर्ता लिने सहमति नजिक ओली पुगेको एक नेताले बताए।  

बालुवाटारमा बोलाइएको स्थायी कमिटी बैठक अघि दुई नेताबीच छलफल भएको थियो। पहिलो भेट फलदायी नभए पनि दोस्रो भेट पार्टीका अन्य नेतासहित भएको थियो।  

मंगलबार सरकारले संवैधानिक परिषदसम्वन्धी अध्यादेश ल्याएपछि नेकपा भित्रको विवाद झन् बढेको थियो। दाहाल र माधव नेपाल पक्षका नेताहरु संसदको विशेष अधिवेशन माग गर्दै हस्ताक्षर बोकेर राष्ट्रपति कार्यालय पुगेपछि ओलीले दाहाललाई छलफलका लागि पुन: आग्रह गरेका थिए। भेटमा ओलीली विशेष अधिवशनको लागि हस्ताक्षर दर्ता नगराउन भनेका थिए।

 

 

 

 

 

प्रकाशित: १ पुस २०७७ ११:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App