८ वैशाख २०८१ शनिबार
राजनीति

नेकपा स्थायी कमिटी बैठक सुरु, ओली पनि सहभागि

फाइल तस्बिर

नेकपा स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली पनि सहभागि भएका छन्। आज मध्यान्हलाई बोलाइएको बैठक बोलाइए पनि बैठक बस्न सकेको थिएन।  

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र ओलीबीच दुई पटक भएका छलफलपछि बैठक बसेको हो। प्रधानमन्त्री निवास बालुवाटरमा बैठक बसिरहेको छ।  

मंगलबार सरकारले संवैधानिक परिषदसम्वन्धी अध्यादेश ल्याएपछि नेकपा भित्रको विवाद झन् बढेको थियो। दाहाल र माधव नेपाल पक्षका नेताहरु संसदको विशेष अधिवेशन माग गर्दै हस्ताक्षर बोकेर राष्ट्रपति कार्यालय पुगेपछि ओलीले दाहाललाई छलफलका लागि पुन: आग्रह गरेका थिए।

 

 

प्रकाशित: १ पुस २०७७ १०:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App