१२ मंसिर २०८१ बुधबार
image/svg+xml

टीकापुर नगरपालिकाका प्रमुख र उपप्रमुखबीच विवाद, छुट्टाछुट्टै उपलब्धी सार्वजनिक

‘प्रमुखबाट त्यस्तो समन्वय हुने गरी पहल हुन सकेन’ उनले भने–‘मैले एक्लै भएपनि आफ्नो कुरा राखे। यसमा कुनै अन्यथा छैन।’

‘टेका’का भरमा छन् पाटनका घर, जोखिमबाट जोगिन ‘टेका कुरेर बस्छन् स्थानीय’

पाटनका पुराना ऐतिहासिक टोल तथा बस्तीहरु मंगलबजार, बंगलामुखी, गावाहाल, नटोल, पाटनढोकाका टोलका जीर्ण अधिकांश घरमा ‘टेको’ लगाइएको छ। यस्ता संरचनामा घाँस र बुट्यान उम्रिएका छन्। घरका पर्खालहरु कमजोर देखिन्छन्। यस्ता संरचनाले जोखिम मात्र बढाएको छैन पर्यटकीय क्षेत्रमा दृश्य प्रदुषण पनि त्यत्तिकै भएको छ।

डेंगी नियन्त्रणका लागि मकवानपुरमा घरदैलो अभियान

मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि घरदैलो अभियान सञ्चालन गरिने भएको छ।

काठमाडौंका मेयर बालेन शाहकै पथमा त्रियुगाका मेयर बसन्त, डोजर लिएर सडकमा

मेयर बालेन शाहले काठमाडौं महानगरपालिकाका सडक मिचेर बनाइएका अनाधिकृत संरचना भत्काउने अभियान सुरु गरिरहेका बेला उदयपुरको त्रियुगा नगरपालिकाले पनि सडक सफाई अभियान सुरु गरेको छ जस अन्तर्गत सडक पेटी मिचेर बनाइएका अनाधिकृत घरटहरा र पसलहरु बुधबारदेखि भत्काउन थालेको छ।

पोखरामा निजी शौचालय सार्वजनिक रुपमा प्रयोग

बजारमा सार्वजनिक शौचालय नहुनु, होटल तथा रेष्टुरेण्टले शौचालयमा ताल्चा लगाएर राख्ने र होटल तथा रेष्टुरेण्टमा बसेर खाएमात्र शौचालय प्रयोग गर्न दिने गर्दा बटुवालाई दिसा/पिसाब लाग्दा हैरानी खेप्नुपर्ने बाध्यता थियो।

मधेसमा तस्करीको डरलाग्दो रुपः रोक्न खोज्दा मदिरा तस्करले किचेर मारे भारतीय सशस्त्र प्रहरी

भारतीय शसस्त्र सीमा बलका हेड कन्सटेबललाई किचेर मार्नेसम्मको आट भएका मदिरा तस्करका खिलाफ हामी बोल्ने हिम्मत गर्न सक्छौं एक जेष्ठ नागरिकले भने, ‘यताका सशस्त्र र नेपाली प्रहरी सबै मिलेर यो धन्दा चलिरहेको छ। हामी बोल्यो भने ज्यानको जोखिम छ उनले भने, ‘हामी मात्र होइन्, सीमाञ्चलका अधिकांश मानिस तस्करको डरले थरथर काप्छन्।’

काठमाडौँ महानगरले बन्द गरायो डिजिटल होर्डिङ बोर्ड

डिजिटल होर्डिङ बोर्डका कारण सवारी दुर्घटना बढेको भन्दै महानगरले डिजिटल होर्डिङ बोर्ड हटाउने अभियान सुरु गरेको हो। महानगरकाभित्रका मापदण्ड विपरीतका सबै होर्डिङ बोर्ड हटाइने महानगरका सह प्रवक्ता महेश काफ्लेले नागरिक न्यूजलाई जानकारी दिए।

काठमाडौंबाट एमालेका उम्मेदवार सिफारिस

निर्वाचन क्षेत्र नम्बर २ बाट मणिराम फुयाँल, ३ बाट कृष्ण राई, ५ बाट ईश्वर पोखरेल र ८ बाट राजेश शाक्य एकल रूपमा सिफारिस काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्य भने क्षेत्र नम्बर ७ र ९ बाट सिफारिसमा परेका छन्।

अवैध निर्माण र प्रयोगविरुद्धको कामनपा अभियान

अहिलेसम्म बालेन्द्रको यो अभियानविरुद्ध ‘नर्भिक’ बाहेक अरू कोही पनि न्यायिक उपचार खोज्न अदालत नजानुले उनले चालेको यो कदम न्यायिक दृष्टिकोणले पनि उचित छ भन्ने देखिन्छ ।

मानव बेचबिखन आरोपमा तीन जना पक्राउ

प्रहरीका अनुसार उनीहरूले दुबै बालिकाहरूलाई घरबाट ललाई फकाई भारतको दिल्लीतर्फ बेचबिखन गर्ने उद्देश्यले लगि रहेको गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

मोटरसाइकल दुर्घटना हुँदा, बाबु-छोराको मृत्यु

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बेलबास चोकमा पश्चिमबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल र पश्चिमतर्फ जाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए। मोटरसाइकल ठोक्किँदा लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल लु १ क ४४२४ नम्बरको ट्याङ्करमुनी पर्न जाँदा उक्त मोटरसाइकलमा सवार बाबु छोराको मृत्यु भएको हो।

हेटौंडा उपमहानगरद्दारा प्रेस युनियनलाई १० लाख र सारी कोटको पुरानो रकम भुक्तानी गर्ने निर्णय

कार्यपालिकाले हेटौंडामा साउन ६–७ मा सम्पन्न युनियनको ९ औं महाधिवेशनको खर्चवापत् १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।

सबै कर तिरिसक्न काठमाडौँ फन पार्कलाई महानगरकाे २४ घण्टे अल्टिमेटम

'तोकिएको समयभित्र नबुझाएमा त्यस फनपार्क शिलबन्दी गरी तिनुपर्ने राजस्व सरकारी बाँकी सरह अशल उपर गरिने व्यहोरा समेत जानकारी गराइन्छ' महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीमार्फत गरिएको पत्राचारमा भनिएको छ।

‘जंकफुड’ ल्याए विद्यालयले खाजा खर्च नदिने

‘विद्यालयले एकमुष्ट पैसा दिएपछि जे ल्याए पनि कराउनैपर्ने थिएन तर जंकफुडले बालबालिकाको पेट दुख्ने र पैसा नभएका अभिभावक र विद्यार्थीलाई एकरुपता गराउन नसकिने भएपछि यो निर्णय गर्नपरेको हो’, गौतमले भनिन्, ‘अहिले बालबालिकाले खाजा खाँदा धनी र गरिबका छोराछोरी भनेर देखिँदैन।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्