आधारभूत शिक्षा प्रभावकारी बनाउन बाल बचतमा अनुदान
नगरले सामुदायिक विद्यालयको कक्षा १ देखि ८ सम्मका सबै बालबालिकाको बैंक खाता खोल्ने र त्यसमा नगरले समेत आर्थिक अनुदान दिने कार्यक्रम ल्याउन लागेको हो।
नगरले सामुदायिक विद्यालयको कक्षा १ देखि ८ सम्मका सबै बालबालिकाको बैंक खाता खोल्ने र त्यसमा नगरले समेत आर्थिक अनुदान दिने कार्यक्रम ल्याउन लागेको हो।
जिल्लाको पश्चिमी भेगको सबैभन्दा ठूलो बजार हो मेलम्ची। मेलम्ची घुम्न दैनिक सयौँ पर्यटक पनि आउने गरेका छन्। पर्यटकलाई आकर्षित बनाउन र सफा, सुन्दर अनि सुरक्षित बजार निमार्णका लागि यस्ता संरचना हटाउन आग्रह गरिएको नगर प्रमुख तामाङले बताए।
रङ्ग गाउँबाट त्रिपुरासुन्दरी नगरपालिका केन्द्र त्रिपुराकोट बगरलगायत वडा नं ९ मा पर्ने चुँ र १० मा पर्ने लिकुगाउँमा जान स्थानीयवासीलाई छिटो र सहजताका लागि विसं २०७६ मा झोलुङ्गे पुल निर्माण गरिएको थियो।
बुधबार महानगरको टोली र वडा कार्यालयका प्रतिनिधि अन्डरग्राउण्ड प्रयोग भएको वा नभएको हेर्न पुगेका थिए।
फोहाेर फालिएको स्थानमा जलाउने गर्नाले सडकमा समेत प्रदूषण बढेको छ। यस विषयमा आवाज उठेपछि बाँझगरा सामुदायिक वन उपभोक्ता समूहले केही समय अगाडि उचित व्यवस्थापन गर्न उपमहानगरसँग अनुरोध गरेको थियो।
'अन्तको काम छाडेर भए पनि यहाँ काम गर्नुस्, अबको दुई महिनाभित्र यो सडक निर्माण सम्पन्न भएर हस्तान्तरण हुनैपर्छ, नत्र नगरपालिका ठेक्का रद्द गर्न लाग्छ, यो वा त्यो बाहना अब हामी सुन्दैनौँ,' म्यानेजर अधिकारीलाई निर्देशन दिँदै नगरप्रमुख खत्रीले भने, 'सडकको सुरुको भाग, बीच भाग र नगरकोट बसपार्क तीन खण्डबाट एकैपटक काम अगाडि बढाउनुस्, ड्रेन खोल्नुस्, पुरिएको कलभर्ट बनाउनुस्, पर्खाल लगाउन बाँकी भएको ठाउँमा लगाउन सुरु गर्नुस्, पैसा छैन भनेर पन्छिन पाइँदैन।'
स्थानीयले उपमहानगरपालिकामा उजुरी दिएपछि मेयर गोपाल हमालले स्थलगत अवलोकन गरी डोजर लगाएर ह्युम पाईप निकालेर खोलालाई प्राकृतिक रुपमा फर्काउने प्रयास गरिरहेका छन्।
काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउन सुरु गरेपछि त्यसको प्रभाव काठमाडौं उपत्यका लगायत देशभरीका अन्य नगरपालिकामा पनि क्रमश्ः देखिन थालेको छ।
जुन उद्देश्यका लागि अन्डरग्राउण्ड संरचना बनाइएको थियो, त्यो रुपमा उपयोग नभएपछि काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)पछिल्लो समय ती संरचनाविरुद्ध मैदानमा उत्रिए। कतिपय संरचनामा डोजर नै चलाए। शाहको कदमको कतिपयले आलोचना गरेका छन् भने धेरैले शाहलाई ‘आँटिलो’को संज्ञा दिएका छन्।
अदालतको अपहेलना मुद्दामा बालेनविरूद्ध परेको रिटको सोमबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले बालेनसँग लिखित जवाफ माग्ने आदेश गरेको हो।
नेपालगन्ज उपमहानगरपालिकाको सबैभन्दा व्यस्त रहने सदरलाईन, घरबारीटोल, न्युरोड, त्रिवेणी मोड, त्रिभुवन चोक, धम्बोझी, कारकाँदो, फुलटेक्रा, भेरी अस्पताल रोड लगायत स्थानमा फुटपात अतिक्रमण बढेको हो।
अधिवक्ता दीपकराज जोशीले शाहमाथि अदालतको अवहेलनाको आरोपमा कारबाही हुनुपर्ने माग राखी दिएको निवेदनमा (आज) सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ भएको अधिवक्ता दिपकराज जोशीले नागरिक न्यूजलाई बताए।
भदौ १३ गते निर्वाचन आयोगले परिपत्र जारी गरेको अवस्थामा राजापुर नगरपालिकाले स्वास्थ्य कर्मचारीलाई काज सरुवा गरी दबाव सिर्जना गर्दा स्वास्थ्य कर्मचारी आंतकित भएका छन्। मंसिर ४ गते आइतबार आसन्न प्रदेश र संघको निर्वाचनको लागि स्वीकृत दरबन्दीबाट अन्यन्त्र काज सरुवा भएकालाई भदौ २० गतेअघि कर्मचारी व्यवस्थापन गर्न गरेको आयोगको परिपत्रलाई समेत राजापुर नगरपालिका प्रशासनले लत्याएको पाइएको छ।
काउन्लिका डेपुटी मेयर सहित पाँचदिने भ्रमणका लागि गोरखा आएको टोलीलाई सोमबार बिदाई गर्ने क्रममा आयोजित पत्रकार भेटघाटमा शिक्षा, स्वास्थ्य र खेलक्षेत्रमा सहकार्य गर्ने दुवै पालिकाले संयुक्त घोषणा गरेका हुन्।