२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

राजापुर नगरपालिकाका आन्दोलनरत कर्मचारी आंतकित

शुक्रबार कार्यपालिकाको बैठक बसिरहँदा काज फिर्ता हुन माग गर्दे नगरपालिका दबाव दिन आएका कर्मचारी।

भदौ १३ गते निर्वाचन आयोगले परिपत्र जारी गरेको अवस्थामा राजापुर नगरपालिकाले स्वास्थ्य कर्मचारीलाई काज सरुवा गरी दबाव सिर्जना गर्दा स्वास्थ्य कर्मचारी आंतकित भएका छन्। मंसिर ४ गते आइतबार आसन्न प्रदेश र संघको निर्वाचनको लागि स्वीकृत दरबन्दीबाट अन्यन्त्र काज सरुवा भएकालाई भदौ २० गतेअघि कर्मचारी व्यवस्थापन गर्न गरेको आयोगको परिपत्रलाई समेत राजापुर नगरपालिका प्रशासनले लत्याएको पाइएको छ।

कर्मचारीलाई व्यवस्थापन गर्नुको बर्खिलाप गएर एक पक्षिय ढंगबाट नगर प्रमुख दिपेश थारु र प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले नगरपालिकाले निकालेको सरुवा कार्यान्वयन गर्न  कर्मचारीलाई अनावश्यक दबाव दिइरहेको खुलेको छ। राजापुर नगरपालिका दश वडा मध्य ६ वडा र नगर प्रमुखमा माओवादीले जितेको छ। माओवादीको आधारक्षेत्र मानिएको राजापुर क्षेत्रमा नगर प्रमुखमा झिनो मत (४७) मतले जित्दाको परिणामले नगर प्रमुख थारुमा प्रतिशोधको भावना हाबी भएको कर्मचारी बताउँछन्।

शुक्रबार बसेको कार्यपालिकाको बैठकमा माओवादीको वडामा बहुमत भएकाले एक पक्षिय ढंगबाट निर्णय गरी नगरपालिकाले निकालेको सरुवा जान पर्ने  निर्णय उल्लेख गरिएको स्रोतको दाबी छ।त्यसअघि स्वास्थ्यकर्मीको उचित माग सम्बोधन गर्ने भन्दै नगर प्रमुख थारुले कर्मचारीलाई झुक्काएर दुई साता काठमाडौँ बसाइपछि फर्किएपछि कडा रुपमा प्रस्तुत हुँदा आंशिक रुपमा अस्तव्यस्त बनेको स्वास्थ्य सेवाको मर्कामा राजापुर नगरपालिकामा बसोबास गर्ने आम सर्वसाधरण परेका छन्।  

माओवादी निकट शाखा अधिकृत सुवेदी राजापुर नगरपालिकाको रहेको उपसचिवको दरबन्दी बस्नका लागि  नगर प्रमुख थारुसँग हिमचिम बढाउँन नियम मिचेर सहयोगि भूमिका निभाउने गरेको सुवेदीलाई आरोप छ। जायज मागको सम्बोधन गर्न दबाव दिँदा सुनुवाइ नभएको स्वास्थ्यकर्मी राजेन्द्र शाहले बताए।‘ मन्त्रालय र आयोगले परिपत्र देखाउँदै भन्दा पनि माग सम्बोधन नर्गर्ने बताए ’उनले भने,‘स्वाथ्य शाखा प्रमुख बनाइदिने भन्दै प्रलोभन देखाएर काज सरुवा नगए कारबाही गर्ने चेतावनी दिए।,'

शाहका अनुसार काज सरुवाको पत्रमा एउटै कर्मचारी एउटै कार्यालयमा सरुवा भएको छ भने प्रतिशोधको भावनाले कार्यालय सहयोगीलाई १५ कोष टाढा फालिएको छ। कोरोना कहरमा ज्यान जोखिम मोलेर स्वास्थ्य सेवामा तल्लीन कर्मचारीलाई नगरपालिका प्रशासनले अन्याय गरेको उनी बताउँछन्। एक पक्षीय ढंगबाट गरिएको सरुवा शान्तिपूर्ण तरिकाले विरोध गर्दे आएका कर्मचारीलाई नगर प्रमुख थारु र प्रमुख प्रशासकीय अधिकृत सुवेदीले हाजिर हुन दबाव दिएपछि स्वास्थ्यकर्मीको आन्दोलन तीन साता नाघेको छ।

पीडित वर्गको माग स्थानीय राजापुर सरकारले सम्बोधन नगरेपनि खोप सेवा र नियमित इमरजेन्सी सेवा स्वास्थ्य कर्मचारी दिइरहेको शाहको भनाइ छ। निर्वाचन प्रयोजनको लागि संघीय निजामति सेवा वा प्रदेश निजामति सेवा र स्थानीय तहका स्थायी कर्मचारी वा स्थायी शिक्षकलाई अनिवार्य खटाउँन पर्ने उल्लेख गर्दे आयोगले सरुवा गरिएको हकमा समेत स्वीकृत दरबन्दीमा फिर्ता ल्याउँन पत्राचार गरेको परिपत्रमा उल्लेख गरिएको छ।

यस्तै स्वास्थ्य मन्त्रालयले परिपत्रमा समेत सहमतिमा समायोजन भइ पालिकामा गएका फिर्ता पठाउँने जस्ता गतिविधि भइरहेको उल्लेख गर्दे त्यस्ता कर्मचारीको समेत स्वयमपालिका जिम्मेवारी हुनुपर्ने परिपत्रमा भनिएको छ। साउन १७ गते राजापुर नगरपालिकामा कार्यरत कर्मचारीलाई एक पक्षीय ढंगबाट काज सरुवा निकाल्दा राजापुर नगरपालिकामा कार्यरत स्वास्थ्य कर्मचारी नगर प्रशासनको ज्याजतिको विरुद्धमा आन्दालित छन्।

एक पक्षीय ढंगबाट गरिएको स्वास्थ्य कर्मचारीमा असन्तुष्टी देखिए कर्मचारी निस्कासन गर्ने कार्यकर्ता भर्ना गर्नका लागि नगर प्रमुख दिपेश थारु र प्रमुख प्रशासकीय अधिकृत सुवेदीको भित्रि चाहाना भएको आरोप छ। स्वास्थ्य शाखासँग समन्वय नगरी एक पक्षीय ढंगबाट गरिएको सरुवाको शान्तिपूर्ण तरिकाले विरोध गर्दा स्वास्थ्यकर्मी मागलाई वेवास्ता गरिरहेको गुनासो छ।

एक पक्षीय ढंगबाट गरिएको सरुवाको उचित व्यवस्थापन नगरे सशक्त आन्दोलन गर्ने स्वास्थ्य शाखा प्रमुख अर्यालले बताए। उनका अनुसार निर्वाचन आयोग र स्वास्थ्य तथा जनसख्या मन्त्रालयले गरेको परिपत्रलाई उल्लघन गरेर नगरपालिकाले काज सरुवा निकालेको छ। लामो समयदेखि आन्दोलतरत स्वास्थ्यकर्मीको विषयमा जानकारी लिन खोज्दा व्यस्त रहेको उल्लेख गर्दे नगर प्रमुख थारु फोन सम्पर्क गर्न चाहेनन्।

प्रकाशित: १३ भाद्र २०७९ ०८:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App