coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मेयर शाहविरुद्ध अवहेलना मुद्दाको सुनुवाइ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सुनुवाइ भएको छ।

अधिवक्ता दीपकराज जोशीले शाहमाथि अदालतको अवहेलनाको आरोपमा कारबाही हुनुपर्ने माग राखी दिएको निवेदनमा (आज) सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ भएको सर्वोच्चका प्रवक्ता विमल पौडेललेले नागरिक न्यूजलाई बताए।

यसअघि सर्वोच्च अदालतले नर्भिक अस्पतालको संरचना नभत्काउन दिएको अन्तरकालीन आदेशविरुद्धमा बालेनले सामाजिक सञ्जालमा ‘अब नक्सा पासको कामपनि सर्वोच्च अदालतलाई गर्न दिए हुन्छ’ भनी प्रतिक्रिया दिएका थिए।

सो प्रतिक्रियाले अदालतको अवहेलना भएको भन्दै जोशीले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। उक्त मुद्दाको सुनुवाइ भइसकेपनि आदेश आउन भने बाँकी छ।

प्रकाशित: १३ भाद्र २०७९ ०९:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App