७ आश्विन २०८१ सोमबार
image/svg+xml

धादिङमा थपियो निषेधाज्ञा, भदौ १६ गते सम्म जारी रहने

धादिङमा भदौ १६ गतेसम्मका लागि निषेधाज्ञा लम्बाइएको छ । प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको अध्यक्षतामा मंगलबार बसेको संकट व्यवस्थापन समितिको बैठकले आगामी भदौ १६ गते राती १२ बजे सम्मको लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय धादिङले पहिलोपटक साउन २८ गते भदौ ३ गतेसम्मका लागि निशेधाज्ञा जारी गरेको थियो ।

यी हुन् लकडाउन र निषेधाज्ञा जारी गरिएका ५२ जिल्ला(सूची)

कोरोना संक्रमण बढ्न थालेपछि विभिन्न ५२ जिल्लामा पूर्णकालीन र आंशिक गरी निषेधाज्ञा लगाइएको छ। ३८ जिल्लामा पूर्ण र १५ जिल्लामा आंशिक निषेधाज्ञा लगाइएको छ।

‘उपत्यकामा अवस्था भयावह उन्मुख’

काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी गरेको पाँचौं दिन तीनवटै सुरक्षा निकायका प्रमुखले कोभिड १९ को अवस्था समुदायस्तरमै फैलिएको र स्थिति भयावह उन्मुख रहेको ब्रिफिङ गरेका छन्।

प्रदेश ५ : सात जिल्लामा निषेधाज्ञा

प्रदेश नं. ५ मा समुदायमा कोरोना भाइरसको संक्रमण बढेसंगै बिभिन्न जिल्ला तथा पालिकाहरूले निषेधाज्ञा जारी गरेका छन । स्थानीय प्रशासनले संक्रमणको दर र अवस्था हेरी पुर्ण र आंशिक निषेधाज्ञा जारी गरेका हुन । प्रदेशका बाह्र जिल्ला मध्ये ६ वटा जिल्ला भारतसंग जोडीएका छन्।

गोरखामा भदौ १४ सम्म निषेधाज्ञा थपियो

जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको आजको बैठकले थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । जिल्ला भित्र कोभिड १९ को संक्रमण घटेपनि काठमाडौं, चितवन, पोखरा लगायत नजिकको ठुला शहरमा जोखिम बढेकाले एक साताका लागि निषेधाज्ञा लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए ।

दक्षिण कोरियाद्वारा देशव्यापी निषेधाज्ञा जारी

सोल दक्षिण कोरियाले कोरोनाभाइरसका कारण देशव्यापी निषेधाज्ञा घोषणा गरेको छ।

‘तेस्रो विश्वयुद्ध’ लड्दैछौं हामी

राज्यले बन्द र निषेधाज्ञा मात्र नगरी कसरी सरसफाइमा ध्यान पु-याउने, कसरी दूरी अपनाउने जस्ता चेतनामूलक कार्यक्रम चलाउनु पर्छ। र, क्वारेन्टाइन तथा आइसोलेसन क्षमता तिब्र गतिमा बढाउनु पर्छ। अनि स्वास्थ्यकर्मीलाई उत्साहित बनाउने खालका कार्यक्रम ल्याउन जरुरी देखिन्छ।

निषेधाज्ञा सहरी क्षेत्र केन्द्रित

कोरोना भाइरसको संक्रमण देखिएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाको आंशिक क्षेत्रमा मात्र निषेधाज्ञा लगाएको छ। १२ वटा वडा रहेको उक्त नगरपालिकाभित्र २ देखि ९ नम्बरसम्मका वडामा मात्रै निषेधाज्ञा लगाइएको छ।

निषेधाज्ञा उल्लंघन गर्नेलाई दिनभर उभ्याएर छाडियो

काठमाडौं उपत्यकामा बुधबार रातिदेखि एकसातासम्म लागु भएको निषेधाज्ञापछि सडक र जनजीवन सुनसान छ। कोरोना महामारी फैलिएपछि प्रशासनको आदेशले प्रहरीले उपत्यकाभित्र कडाइ गरेको हो।

निषेधाज्ञाको पहिलो दिन, सरकारले निर्देशन दिएर बितायो

कोरोना संक्रमण बढ्दै गएपछि ४३ जिल्लामा निषेधाज्ञा र लकडाउन जारी गरेको सरकारले आइसोलेसन बेडको व्यवस्था गर्न निर्देशन दिएको छ। सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत सबै जिल्लामा आइसोलेसन बेड तयारी गर्न, क्वारेन्टाइन बनाउन, निषेधाज्ञा प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो।

संक्रमितको उपचार व्यवस्थापन गर्न निषेधाज्ञा

उपत्यकामै दैनिक २ सय हाराहारी संक्रमित देखिन थालेपछि मंगलबार बसेको कोभिड १९ संकट व्यवस्थापन समितिले स्थानीय प्रशासनमार्फत लागु हुनेगरी उपत्यकामा निषेधाज्ञा गर्ने निर्णय लिएको हो।

निषेधाज्ञाको पहिलो दिनः यस्तो देखियो काठमाडौं उपत्यकामा(फोटो फिचर)

उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लागु गरेपछि सडकहरु सुनसान देखिएका छन्। कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि उपत्यकामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा लागू गराउन ठाउँठाउँमा सुरक्षाकर्मीहरू खटिएका छन्, अत्यावश्यक सेवाका सवारी साधन भने चलिरहेका छन्।

निषेधाज्ञा तोडेपछि चितवनमा हवाई फायर, एक जना पक्राउ

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार स्थानीयको भीड जम्मा भएर निषेधाज्ञा तोडेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो ।

पर्सामा ‘लकडाउन’ कडा पार्न प्रहरीका साथमा सेना पनि परिचालन

साउन १८ देखि जारी निषेधाज्ञा थप कडा पार्न आइतबारदेखि सेना परिचालन गरिएको पर्सा जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्