११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

तिला गाउँपालिकामा किडार्क नेपाललाई प्रतिबन्ध

जुम्लाको तिला गाउँपालिकाले गैर सरकारी संस्था, कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किडार्क) नेपाललाई प्रतिबन्ध गरेको छ । गाउँ कार्यपालिकाको बैठकले सेवा दिने नाममा राजनीति गरेको भन्दै गाउँपालिकाको १ देखि ९ वटै वडासम्म कार्यक्रम सञ्चालन गर्न नदिने निर्णय गरेको हो ।

अस्पतालमा अक्सिजन पाउनै मुस्किल

चिंगाड गाउँपालिकाका प्रेम विक कर्णाली कोरोना अस्पतालमा भर्ना भएको एक साता भयो । प्रेमलाई दैनिक चार सिलिण्डर अक्सिजन आवश्यक पर्छ ।

कोरोना रोकथाममा स्थानीय सरकार : न क्वारेन्टिन, न आइसाेलेसन

बितेको एक महिनाको अवधिमा नेपाल भारत सीमा क्षेत्र कोयलाबासबाट ७ सय जना नागरिक नेपाल भित्रिए । स्वास्थ्य कार्यालयका अनुसार उनिहरु सबै भारतमा रोजगारीका लागि गएका नेपाली नागरिक हुन् । सरकारले निर्धारण गरेको मापदण्ड अनुसार नाकामा स्थापना भएको हेल्पडेस्कमा उनिहरु सबैको कोरोना एन्टिजेन परीक्षण भयो । यो परीक्षण बिधिले ७ सय मध्य एकजनामा मात्रै कोरोना संक्रमण देखायो ।

जागिरको प्रलोभन दिएर करणीको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र यादव एक १७ वर्षीया नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।

खेल क्षेत्र प्राथमिकतामा

जुम्लाको हिमा गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकता दिएको छ। खेलकुद क्षेत्रलाई अघि बढाउनको लागि पालिका स्तरमा प्रशिक्षकको राखेको हो। हरेक विद्यालयमा एक खेल प्रशिक्षकको व्यवस्थापन गरेर खेल क्षेत्रलाई प्रभावकारी बनाउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिए।

गाउँपालिकाको केन्द्रमा सडक पुग्यो

बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जेमा सडक पुगेको छ। गाउँपालिकाको लामो प्रयासपछि केन्द्रमा सडक पुगेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए। सिगास गाउँपालिकाको ढुंगाड हुँदै गाउँपालिकाको केन्द्रसम्म सडक पुगेको हो।

स्वास्थ्य शिबिरमा १ हजार ३६५ जनाको स्वास्थ्य जाँच

ऐसेलुखर्क गाउँपालिकाको आयोजना एवं काठमाडाैं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसि) सिनामंगलको चिकित्सक तथा उपकरण सहयोगमा शनिबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिबिरमा १ हजार ३६५ सर्वसाधारणको स्वास्थ्य जाँच गरिएको हो।

मुल्ली आगलागी : अन्न जल्यो, भण्डार रित्तियो

जुम्ला तिला गाउँपालिका ९ ढिपु गाउँका कलिमान बोहोराका मुल्लीमा रहेको घर जल्यो। उनी ढिपु गाउँमा बसेपछि बर्षायामका ६ महिना मुल्लीमै बस्थे। मुल्ली लेकाली बस्ती जस्तै थियो। प्रसस्त अन्न फलाउन सकिने भएकोले गाउँले त्यो बस्तीलाई अन्न भण्डारका हिसावमा चिनाउँथे।

गाउँ नै आगो लगाउने पक्राउ

जुम्लाको तिला गाउँपालिका ९ ढिपु गाउँको मुल्लीमा आगो लगाउने एक जना पक्राउ परेका छन्। अनुसन्धानकाक्रममा सोही गाउँका तेजबहादुर बोहोराले गाउँमा आगो लगाएको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको हो।

गुराँस टिप्नेलाई पाँच हजार जरिवाना

एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जङ्गल गण्डकी प्रदेशकै ठूलो भएको आकलन गरिएको छ। वसन्त ऋतृृसँगै घोडेपानी क्षेत्रको गुराँसको जङ्गल अवलोकनका लागि केही दिनयता पर्यटकको चाप बढेको छ।

शहिदभूमी गाउँपालिकामा डढेलोले दुई घर जलेर नष्ट

धनकुटाको शहिदभूमी गाउँपालिका वडा नं १ मा डढेलोको कारण आज दुईवटा घर जलेर नष्ट भएको छ।

प्रप्रअको कार्यकक्षमा ताला लगाइएकोप्रति गाउँपालिका अध्यक्षको आपत्ती

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइएको विषयमा खोटाङको साकेला गाउँपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। साकेला गाउँपालिका–३ खिदिमा मुहान भएको सौरे घट्टेखोला खानेपानी योजनाको पारदर्शीतामाथि प्रश्न उठाउँदै कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति तिर्थराज भट्टराई नेतृत्वको टोलीले शक्रबार दिउँसो प्रमुख प्रशासकीय अधिकृत रबिन मगरको कार्यकक्षमा ताला लगाएको घट्नाप्रति गाउँपालिका अध्यक्ष अर्जुन खड्काले गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा ६ दिन बन्द

गाउँको एक सहकारीका सदस्यहरू सहकारी भ्रमणमा गएर फर्किएपछि सुरुमा तीन जनामा सङ्क्रमण पुष्टि भएको र सोही आधारमा कन्ट्याक्ट ट्रेसिङका आधारमा नमूना परीक्षण गर्दा चैत ११ गते थप १३ जनामा सङ्क्रमण पुष्टि भएको बताइन्छ। सङ्क्रमितहरु भ्रमणमा गएका र उनीहरुका परिवारका सदस्य रहेका छन्।

साढे दुई महिनादेखि बेपत्ता व्यक्ति मृत भेटिए

छोराछोरीको बाल पोषण भत्ताको खाता खोल्न भनी गाउँपालिकाको केन्द्र वाई सुइजिउला आएका ल्वार बेपत्ता भएका थिए। बेपत्ता ल्वारको विभिन्न ठाउँमा खोजी गरे पनि कतैबाट पत्ता नलागेको र खोजी गर्दै जाँदा दुई महिनापछि शव नदी किनारमा भेटिएको आफन्त राजेन्द्र विश्वकर्माले बताए।

नाकाबन्दले बिक्री भएन गलैँचा

लामो समयसम्म ओलाङचुङ्गोलाको टिप्ताला नाकाबन्द खुल्न सकेको छैन। नाकाबन्द हुंदा १६ महीनादेखि उत्पादन गरेको गलैँचा घरमै थन्क्याएर राख्नुपरेको स्थानीयवासी तेञ्जिङ वालुङले बताए। उनले भने, 'लामो समयसम्म पनि नाका खुल्न सकेन। घरमा उत्पादन गरेको गलैँचा सदरमुका फुङ्लिङ बजारमा लगिएर बिक्री ग¥र्यो भने, आफूले परिश्रम गरेको र लागत पनि उठान मुस्किल पर्दछ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्